१ र २ तिमोथी र तीतस

आफ्‍नो जीवनको अन्त्यतिर आइपुग्‍ने क्रममा, पावलले विश्‍वासमा आफ्‍ना “बालकहरू” तिमोथी र तीतसलाई पत्र लेखे। एफिसस र क्रेट टापूमा यी प्रचारकहरूले सम्‍हालीरहेका तिनीहरूको सेवकाइमा प्रोत्साहन र ईश्‍वरीय अगुवाई प्रदान गर्ने चाहना अनुभवी प्रेरितको थियो। तिनीहरूले प्रभुको मण्डलीमा प्रभावकारी र फलवन्त सेवा प्रदान गरून् र सत्यलाई प्रचार गर्ने अनि झूटको विरोध गर्ने कार्यलाई कहिल्यै पनि नत्यागून् भन्‍ने चाहना उनको थियो। इसाई जीवन कसरी जिउने सम्‍बन्धमा रहेका यी निर्देशनहरू ईश्‍वरीय रूपमा प्रेरणाप्राप्त छन् भन्‍ने कुरालाई पनि उनले जोड दिए। परमेश्‍वरले आफूलाई दिनुभएको कृपालाई पावलले जोड दिए र भाइहरूले सत्यलाई रक्षा गरून्, संरक्षण गरून् र अभ्यास गरून् भन्‍ने आफ्‍नो चिन्तालाई व्यक्त गरे।

यी पत्रहरूबाट धेरै वर्षसम्‍म अध्ययन र अध्यापन गर्ने-गराउने क्रममा, डेभिड रोपर (David Roper) ज्यूले एउटा निकै उत्कृष्ट अध्ययन तयार गर्नुभएको छ। रोपर ज्यूको स्पष्ट लेखन शैलीद्वारा वृत्तान्त र शब्‍द अध्यन जीवन्त भएको हामी पाउँछौं।
परमेश्‍वरको वचनका विद्यार्थीहरूलाई विश्‍वासको असल लडाइ लड्न पावलसँग सहभागी हुने प्रयास गर्दै परमेश्‍वरको नजिकमा रहेर हिँड्नको लागि यी पत्रहरूको लगनशील अध्ययनमा बारम्‍बार ध्यानमग्‍न गराइनेछ (१ तिमोथी ६:१२; २ तिमोथी ४:७)।


कोर्समा के के हुन्छ ?

यो 50 दिने कोर्समा तपाईंलाई चाहिने सबै चिज हुन्छ । तपाईंलाई यो कोर्स पूरा गर्ने अधिक समय चाहिएमा तपाईं आफ्नो कोर्स अवधि अरितिक्त 30 दिन बढाउन सक्नुहुन्छ । केही नमूना कोर्स सामाग्रीहरू हेर्न यहाँ क्लिक गर्नुहोस् ।

डिजिटल पुस्तक

१ र २ तिमोथी र तीतस द्वारा लेखिएको पुस्तक डेबिड रोपर्स (David Roper) पाठ्यक्रमको लागि तपाईको शिक्षक बन्नेछ र पाठ्यक्रम सकिएपछि तपाईले त्यसलाई राख्न सक्नु हुन्छ ।

पाँच अध्ययन गाइड

तपाईंलाई पढ्दा ध्यान दिनु पर्ने मुख्य शब्द, अवधारणा, मान्छे तथा स्थानहरू प्रदान गरेर यिनले तपाईंलाई परीक्षाको लागि तयार हुन सहयोग गर्नेछन् ।

छ वटा परीक्षाहरू

व्यवधान सृजना गर्न नभएर तपाईंलाई सहयोग गर्ने हिसावले निर्माण गरिएका प्रत्येक परीक्षामा तपाईंले सिकाइएको कुरा बुझ्नु भएको छ भन्ने कुरा सुनिश्चित गर्ने प्रयोजनका लागि तोकिएका पठनबाट झिकिएका पचास वटा प्रश्नहरू हुन्छन् । अन्तिम परिक्षण विस्तृत हुन्छ ।

पठन गति गाइड

आफ्नो पठन गति गाइडको सहायताले आफ्नो पठन तालिकामा उल्लेखित भन्दा बढी पढ्नुहोस् । यो गाइडले तोकिएको समयमा कोर्स पूरा गर्न तपाईंले प्रत्येक दिन पढ्नु पर्ने पृष्ठहरूको बारेमा तपाईंलाई बताउने छ ।