प्रयोगको शर्त

ThroughTheScriptures.com को वेबसाइट (वेबसाइट) सँग सम्बन्धित सफ्टवेयर, सामाग्री, पारस्परिक सुविधाहरू तथा वेबसाइट प्रयोग गरेर वा अरूलाई प्रयोग गर्न अनुमति दिएर तपाईं (“प्रयोगकर्ता”) यी कानूनी सर्तहरू पालना गर्न सहमत हुनुहुन्छ (“सम्झौता”) । कुनै पनि तरिकाले यो वेबसाइटसँग अन्तरक्रिया गर्ने कुनै व्यक्ति यस सम्झौताका लागि एऊठआ प्रयोगकर्ता ठहरीने छन् । यो सम्झौताका सर्तहरू मन्जुर नभए तपाईं यो वेबसाइट प्रयोग गर्न हकदार हुनुहुन्न । यो वेबसाइटका कुनै वेबसाइट सामग्री अथवा यस सम्झौताका सर्तहरूसँग असहमत हुनुहुन्छ भने एकमात्र र अन्य उपायको रूपमा वेबसाइटको प्रयोग जारी नराख्न्न तपाईं सहमत हुनुहुन्छ । वेबसाइटको प्रयोग आफ्नो जिम्मामा प्रयोग गर्न तपाईं सहमत हुनुहुन्छ । आफ्नो वा आफूले प्रतिनिधित्व गरेको कुनै पक्षको तर्फबाट यो सम्झौता स्वीकार गर्न तपाईंसँग कानुनी क्षमता एवं अख्तियार छ भन्ने बुझाउँछ । यो वेबसाइट प्रयोग गर्न करारका केही सर्तहरू तपाइलाई लागू नहुन सक्छन यद्यपि सबै लागू हुने सर्तहरू अनिवार्य छन् । यो वेबसाइटको आधिकारिक मालिकको रूपमा रुपमा ट्रुथ फर टुडे विश्व मिशन विद्यालय, इन्क (“ट्रुथ फर टुडे”) जति बेला पनि वा पटक पटक तपाईंलाई कुनै सूचना नदिई यो सम्झौताको सर्तहरू परिवर्तन वा अन्त्य गर्ने एकल र निर्बाध निर्णयको अधिकार सुरक्षित गर्दछ । परिवर्तित सूचनाहरू ThroughTheScriptures.com वेबसाइटमा भने पोस्ट गरिन्छन् । यस्ता हेरफेरका सबै सन्दर्भहरू यही सम्झौतामा सामेल गरिएको छ ।

समापन. यो सम्झौता समाप्ति सम्म कायम रहने छ । प्रयोगकर्ता बाहेक ट्रुथ फर टुडे को एकल स्वतन्त्रता एवं पुर्व सूचना वा पार्टीहरु बीच द्विपक्षीय लिखित सम्झौताद्वारा यसको समाप्ति हुन सक्छ । ट्रुथ फर टुडेले पूर्व सूचना बिना एवं ट्रुथ फर टुडेको एकल बिबेकाधिकार प्रयोग गरि प्रयोगकर्ताको वेबसाइटमा हुने पहुँच निलम्बन गर्ने वा समाप्ति गर्ने वा डिलिट समेत गर्न सक्छ । व्यापार वा शिक्षामा पर्ने बाधा, सम्पति वा डाटाको क्षति, सम्पातिको क्षति, अर्थात् कुनै अन्य समस्या, बिनास लगायत कुनै पनि प्रकारको निलम्बन, समाप्ति वा मेटाउने कार्य वा यसका प्रभावहरू आइ परे ट्रुथ फर टुडे उत्तरदायी हुने छैन । तपाईं वा वेबसाइट चलाई रहेका कसैले सम्झौतामा उल्लेख गरेका प्रावधान उल्लङ्घन गरे ट्रुथ फर टुडे बिना कुनै सूचना एकतर्फी रुपमा यो करार र तपाइको वेबसाइटको पहुँच अन्त्य गर्न सक्छ । तपाईं वा तेस्रो पक्षको कुनै प्रकारको समाप्तिका लागि ट्रुथ फर टुडे जिम्मेवारी हुने छैन । समापन पछि वेबसाइट प्रयोग गरिरहेका तपाईं वा कुनै व्यक्ति अथवा पक्ष आफ्नो लागत र खर्च मा वेबसाइटको प्रयोग गर्न बन्द हुनेछ ।

अपडेट. ट्रुथ फर टुडेले बिकल्प स्वरूप पटक पटक वेबसाइटको अद्यावधिक संस्करणहरु सिर्जना गर्न सक्छ । स्पष्ट रूपमा अन्यथा नखुलाए सम्म, ट्रुथ फर टुडे को एक्लो विवेकाधिकारले निर्धारण गर्ने सम्झौताको जुनसुकै संशोधन लगायत कुनै पनि त्यस्ता अपडेटहरू यसै सम्झौता शर्तका विषय हुनेछन् ।

सामग्री स्वामित्व. डिजाइन, पाठ, ग्राफिक्स, तस्वीर, भिडियो, जानकारी,एप्लिकेशन, सफ्टवेयर, संगीत, ध्वनि, र अन्य फाइलहरू तथा आफ्नो चयन र व्यवस्था (“साइट सामग्री”) लगायत वेबसाइट मार्फत उपलब्ध सबै सामग्री साथै वेबसाइटमा रहेका वा वेबसाइटसँग सम्बन्धित सफ्टवेयर एवं सामग्री सर्वाधिकार, ट्रेडमार्क, सेवा निशान, व्यापार गोपनीयता वा अन्य स्वामित्व अधिकार र नियम द्वारा सुरक्षित गरिएका छन् । त्यस्तो सामग्री वा सामाग्री देखि अन्य कामहरू सिर्जना नगर्न, नबेच्न, अनुमति पत्र लिन, भाडामा नलगाउन , परिमार्जन नगर्न, वितरण नगर्न, प्रतिलिपि नउतार्न, पुन उत्पादन नगर्न, प्रसारण नगर्न, सार्बजनिक प्रदर्शन नगर्न, प्रकाशन नगर्न , सम्पादन नगर्न सहमत हुनुहुन्छ । यहाँ प्रदान गरिएका बाहेक प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा डाटाको पुनर्प्राप्ति गर्न वा डाटाबेस वा वेबसाइटका कुनै सामग्री सिर्जना, संकलन र पुनर्निर्माण गर्न सख्त मनाही छ । यहाँ स्पस्ट उल्लेख गरिएका बाहेक अन्य उद्धेश्यका लागि वेबसाइट सामग्री वा सामानहरुको प्रयोग गर्न निषेध छ ।

वारेन्टी को अस्वीकृति. यो वेबसाइट कमI कमजोरी र कुनै पनि प्रकारको ग्यारेन्टी बिना “जस्तो छ” त्यस्तै रूपमा प्रदान गरिएको छ । लागू भएका व्यापारिक वारन्टी, सन्तोषजनक गुणस्तर, विशेष उद्देश्यको लागि स्वस्थता, शुद्धता, शान्त, आनन्द, तेस्रो पक्षको अधिकारको रक्षा, वेबसाइटको वैधानिकता लगायतको सम्मान गर्दै ट्रुथ फर टुडे त्यस्ता सबै वारन्टीको अस्वीकृति जनाउँछ । यो वेबसाइट कुनै विशेष समय वा स्थान मा उपलब्ध हुन्छ वा कुनै प्रतिनिधित्व गर्न वा वेबसाइटका कुनै कमी कमजोरी सच्याउन, सामग्री पूर्ण रूपमा भाइरस वा अन्य हानिकारक तत्वबाट मुक्त छ भनि ट्रुथ फर टुडे कुनै वारन्टी वा ग्यारेन्टी गर्दैन । वेबसाइटको गुणस्तर, परिणाम र प्रस्तुतिको जोखिम, सबै सेवा, मरम्मत वा सुधारको जोखिम लिन तपाईं सहमत हुनुहुन्छ । ट्रुथ फर टुडेका कुनै पनि प्रतिनिधि वा कर्मचारीले मौखिक वा लिखित रुपमा दिएका जानकारी, सुझाव, सल्लाह, सिफारिसहरू वारेन्टी हैनन् न नै यसले सम्झौताको क्षेत्र वृद्धि गर्छ । तपाईं यस्ता जानकारी, सुझाव, सल्लाह, सिफारिसहरूमा पूर्ण भर पर्नु हुने छैन । केही अधिकार क्षेत्रमा निश्चित वारन्टी वा उपभोक्ता अधिकार बहिस्कार वा सिमित राख्न अनुमति छैन । वेबसाइट प्रयोग गर्न ती अधिकार क्षेत्रका कुनै व्यवस्था तपाईंमा हद सम्म लागू हुन्छन भने बहिस्कार र सीमाका केही प्रावधान तपाईंमा लागू नहुन सक्छ ।

दायित्व सिमा. ट्रुथ फर टुडे तथा यसका निर्देशक, अधिकारीहरू, एजेन्ट, ठेकेदार, साझेदार र कर्मचारीहरू तपाईं वा अन्य तेस्रो पक्षसँग कुनै प्रकारको अप्रत्यक्ष, बिशेष, परिणामदायी वा दुर्घटनाजन्य हानिको हर्जानाका लागि उत्तरदायी हुनेछैन भनि तपाईं सहमत हुनुहुन्छ । त्यस्ता असीमित हानी भित्र धन वा सम्पतिको नोक्सान, ब्यापारमा बाधा, व्यापारको अवसर, डाटा गुम्ने वा कुनै अन्य प्रकारको कठिनाइहरू पर्छन् । वेबसाइटसँग सम्बन्धित नोक्सानी जस्तै वेबसाइट प्रयोग गर्न नसक्नु, डाटा हेरफेर गर्न अनधिकृत वा आकस्मिक पहुँच; अन्य कुनै तेस्रो पक्षको व्यवहार वा भनाइ, अथवा वेबसाइट सँग सम्बन्धित कुनै विषय ट्रुथ फर टुडे स्वयम्लाई यस्ता सम्भाव्य क्षतिको बारेमा जानकारी गरिएको अवस्थामा पनि यस्ता क्षतिमा हामी उत्तरदायी छैनौ । केही अधिकार क्षेत्रमा निश्चित उपचार वा हर्जाना को बहिष्कार वा सीमा निर्धारण गर्ने अनुमति छैन । ती अधिकार क्षेत्रका कुनै पनि नियम तपाइले गर्ने वेबसाइट प्रयोग मा हदै सम्म लागू हुन्छ । बहिष्कार वा सीमितताको नियम तपाईंमा लागू नहुन सक्छ ।

क्षतिपूर्ति. ट्रुथ फर टुडे, यसका सहायक, सम्बद्ध व्यक्ति, अविभावक, उत्तराधिकारी र/वा आधिकारिक व्यक्ति र तिनिहरुका निर्देशक, अधिकारी, एजेन्ट, ठेकेदार, साझेदार, तथा कर्मचारीहरुलाइ कुनै प्रकारको क्षति, उत्तरदायित्व, दाबि, माग, हर्जाना, लागत वा खर्च बाट सुरक्षित राखी क्षतिपूर्ति दिन तपाईं, यस वेबसाइटको प्रयोगकर्ता सहमत हुनुहुन्छ । यस्ता वेबसाइटको प्रयोगसँग सम्बन्धित वा यो सम्झौता बाट उठेका हानी, क्षति, दायित्व जस्ता बिसय मा लाग्ने क्षतिपुर्तिमा उचित वकिलहरुका शुल्क पनि पर्दछ । यस सम्झौतामा उल्लेख भएका वेब्साइटका कुनै पनि प्रयोगकर्ता, ग्राहक, बिद्यार्थी वा अन्य व्यक्ति को स्वामित्व, प्रयोग वा संचालन बाट आइपर्ने सम्पतिको क्षति, डाटाको हानि जस्ता बिषय पनि यसै साथ संलग्न छन् ।

नियन्त्रण गर्ने कानुन एवं विवाद समाधान. यो सम्झौता अर्कंसास राज्यको नियम तथा संयुक्त राज्य अमेरिकाको व्यवस्था द्वारा नियन्त्रित छ । वेबसाइट प्रयोग गर्दा हुने डाटा प्रसारणमा संघीय कानुन अन्तर्गत अन्तर राज्य वाणिज्य कानुनमा समाबेश हुन सक्छ भन्ने कुरा तपाईले बूझ्नु भएको छ र तपाई यसमा सहमत हुनुहुन्छ । यस करारसँग सम्बन्धित कुनै प्रकारका विवाद वा दाविहरु उठेको खण्डमा त्यस्ता विवादहरु सम्बन्धित पक्षहरु बिचको बार्ता बाट समाधान गर्न सकिँदैन । सम्बन्धित पक्षहरूले संयुक्त राज्य अमेरिका अर्कंसास द्वारा प्रशासित आपसी समझदारीबाट लिइएको मध्यस्थकर्ताको सहयोगमा विवाद समाधान गर्न सक्छन् । सम्झौता वा वेबसाइट सँग सम्बन्धित कानुनी उपचार गर्नु परेको खण्डमा अर्कंसासमा अवस्थित ह्वाइट काउन्टी को राज्य अदालत वा संयुक्त राज्य अमेरिकाको जिल्ला अदालतमा जानु पर्नेछ । मंचको कुनै असुविधाजनक रक्षात्मक कदमलाई प्रयोगकर्ताले स्पष्ट रूपमा माफी दिने छन् ।

पूर्ण सम्झौता. यो सम्झौता पूर्णरुपमा ट्रुथ फर टुडे र प्रयोगकर्ता बीच को सम्झौता हो । यहाँ उल्लेख गरिएका बिसयबस्तुका सम्बन्धमा मौखिक वा लिखितरुपमा पूर्व सम्झौता, प्रतिज्ञा र लिखित सम्झौता गरिएका भए यस सम्झौताको सम्मान गर्दै त्यस्ता बुझाईको अधिकार यसै सम्झौताद्वारा प्रतिस्थापित गरिन्छ । ट्रुथ फर टुडेले लिखित रूपमा कार्यान्वयन वा पुस्टि नगरेसम्म यस सम्झौताका कुनै पनि भागको संशोधन, सुधार, अधित्याग, समापन गर्न निषेध गरिएको छ ।

स्वामित्व. ट्रुथ फर टुडे द्वारा प्रदान गरिएका वेबसाइट सम्बद्ध सबै सामग्री ट्रुथ फर टुडेको आफ्नै स्वामित्वका वा समुचित लाइसेन्स भएको सम्पत्ति हुन् । यो वेबसाइट लाइसेन्स प्राप्त सम्पति हो जुन यस सम्झौता सर्तका आधारमा तपाइलाई बिक्री गर्न सकिन्न । ट्रुथ फर टुडेले वेबसाइटका कुनै शीर्षक सम्बन्धी चासो वा स्वामित्व अधिकार बिक्रि गर्ने, ब्यक्त गर्ने वा स्थानान्तरण गर्ने काम गर्दैन । यो वेबसाइट प्रयोग गरेर तपाईं साधारण र स्थानान्तरण गर्न नसकिने लाइसेन्स प्रयोग गर्न सहमत हुनुहुन्छ । यस सम्झौताका सर्त अनुसार यस वेबसाइटमा वेबसाइट र कुनै पनि सफ्टवेयर प्रोग्राम वा तेस्रो पक्षका अन्य स्वामित्व सामाग्री पनि समावेश गरिएका छन् । ट्रुथ फर टुडे वेबसाइट र सो सँग सम्बद्ध सामग्रीको ( प्रतिलिपि अधिकार, ट्रेडमार्क, र सेवा चिन्हहरू र कुनै पनि र सबै अन्य बौद्धिक सम्पत्ति अधिकार लगायतका असिमित अधिकार) शिर्षक, चासो जस्ता बिसय को सबै लागु हुने अधिकार सुरक्षित गर्दछ । यो उत्पादन लागि गरिएको कुनै भुक्तानी कुनै यो वेबसाइट को प्रयोग को लागि आवश्यक लाइसेन्स शुल्क हो ।

प्रयोग.

  1. क. यस सम्झौतामा उल्लेख गरिएको बाहेक ट्रुथ फर टुडे को पुर्ब लिखित सहमति बिना यस वेबसाइट वा वेबसाइटको कुनै अंशको प्रतिलिपि, पुन उत्पादन, अनुवाद, संशोधन, वा हेरफेर उल्ट्याउन, इन्जिनियरिङ, तोडमोड गर्न पुर्ण रूपमा निषेध छ । कुनै कम्प्युटर प्रोग्रामको सहायतामा वेबसाइट मर्ज गर्ने, तोडमोड गरि अर्को वेबसाइट को निर्माण गर्न पनि सख्त मनाही छ ।
  2. क. यो वेबसाइटको कुनै पनि भाग उतार्न, नक्कल गर्न, अनुकुलन गर्न वा अन्यथा गर्न अनुमति मागी आएका अनुरोध यस सम्झौताको अन्तमा सूचीबद्ध ट्रुथ फर टुडेको ठेगानामा लिखित रुपमा बुझाउनु पर्ने छ । स्विकृत भएका त्यस्ता कुनै अनुमति ट्रुथ फर टुडेको एकल र स्वतन्त्र बिबेकअधिकारमा आधारित हुनु पर्नेछ ।
  3. वेबसाइट र वेबसाइटका कुनै अंश अन्य कुनै प्रयोजनका लागि भाडा मादिन, बिक्रि गर्न, स्थानान्तरण गर्न, जिम्मेवारी दिन, पुन लाइसेन्स दिन वा उप-लाइसेन्स दिन पाइने छैन । यस सम्झौता विपरीत यस्ता प्रयास गर्न अनुमति छैन । यस सम्झौताको कुनै कुनै अंशको उल्लङ्घन गरिएमा त्यो नागरिक र/वा फौजदारी अभियोग ठहर्नेछ । यस सम्झौताको कुनै कुनै अंशको उल्लङ्घन गरिएमा त्यो नागरिक र/वा फौजदारी अभियोग ठहर्नेछ ।
  4. ट्रुथ फर टुडेको स्वामित्वमा निर्माण गरिएका एवं वेबसाइटमा समाबेस गरिएका प्रोग्राम, सफ्टवयर वा अन्य सामग्री ( तेस्रो पक्ष सफ्टवेयर) यो सम्झौताको व्यवस्था मातहतका बिषय हुन् । यस वेबसाइट प्रयोजन भन्दा अन्य उद्देश्यका लागि तेस्रो पक्ष सफ्टवेयर को प्रयोग निषेध छ ।

तेस्रो पक्ष साइट तथा सामग्री. यो वेबसाइटमा अन्य वेबसाइटहका लिंकहरु लेख, फोटो, पाठ, ग्राफिक्स, चित्र, डिजाइन, संगीत, ध्वनि, भिडियो, जानकारी, आवेदन, (“तेस्रो पक्ष साइटहरु”) तेस्रो पक्षका स्वामित्वका सफ्टवेयर, र अन्य सामग्री वा वस्तुहरू समावेश गरिएको (वा माध्यम वा गर्न पठाउन सक्छ) हुन सक्छ । ट्रुथ फर टुडे त्यस्ता तेस्रो पक्षका साइट तथा सामग्रीको शुद्धता, औचित्य वा पूर्णता जाँच गर्दैन । ट्रुथ फर टुडे वेबसाइटको प्रयोग बाट आएका तेस्रो पक्षका साइट वा तेस्रो पक्ष ले पोस्ट गरेका सामग्री, वा उनीहरुले वेबसाइट मा इन्स्टल गरेका सामग्री को शुद्धता, अपराध, राय, विश्वसनीयता, गोपनीयता, अभ्यास वा तेस्रो-पक्ष सामग्री मा निहित अन्य नीतिहरू मा उत्तरदायी छैन । तेस्रो पक्षको लिंकिंग, इन्स्टलका लागि लिएका अनुमतिलाइ ट्रुथ फर टुडे समर्थन वा अनुमोदन गर्न पनि उत्तरदायी छैन । केही कम्प्युटरले तेस्रो पक्षका साइटहरु पहुँच रोकथाम गर्ने फिल्टरिङ सफ्टवेयर प्रयोग गर्ने भएता वेबसाइट प्रयोगमा तेस्रो पक्षका अभ्यासको सम्बन्ध मा ट्रुथ फर टुडे कुनै हालत मा जिम्मेवार हुने छैन ।

साइट नीति, संशोधन र गम्भीरता

कृपया हाम्रो वेबसाइटमा राखिएका गोपनियता नीति जस्ता अन्य प्रावधानहरू पनि हेर्नुहोस् । ट्रुथ फर टुडे कुनै पनि समयमा वेबसाइट, नीतिहरू परिवर्तन, र प्रयोग सर्तहरू बनाउने अधिकार सुरक्षित गर्दछ । वेबसाइटका कुनै पनि सर्त वा प्राबधानहरु अबैध, सुन्य वा कुनै प्रकारले लागु गर्न अमान्य ठहरिय बाँकी प्राबधानको बैधता र मान्यतालाई चोट नपुराउने गरि त्यस्ता प्रावधानलाई गम्भीर मानिनेछ ।

सम्पर्क

यो वेबसाइटका कुनै सर्त वा प्राबधान सम्बन्धी कुनै प्रश्न भए, कृपया निम।न ठेगानामा सम्पर्क गर्नु होला ।

ट्रुथ फर टुडे वर्ल्ड मिसन विद्यालय, ईन्क.
पो.ब.नं. २०४४
सर्सी, आर्कंसस
७२१४५-२०४४, अमेरिका