धर्मग्रन्थको माध्यमबाटको बारेमा

“अनि तिमीले मबाट धेरै साक्षीहरू माझ
सुनेका कुराहरू त्यस्ता विश्वासिला मान्छेहरूलाई सिकाऊ
जो अरूलाई पनि सिकाउन सकून् ” (2 टिमोथी 2:2).

धर्मशास्त्रको माध्यमबाट सिअर्सी, आर्कान्सासमा रहेको विश्व प्रवचनवादमा कटिबद्ध बहुमुखी गैर-नाफामुखी संस्था, आजको सत्य ले सृजना गरेको हो । बाइबलका प्राध्यपक तथा हार्डिङ् विश्वविद्यालयमा प्रवचन सम्बन्धी कोर्ष पढाइ रहेका इडि क्लोअरद्वारा निर्देशित TFT हाम्रो इश्वरको पवित्र धर्मशास्त्र श्रद्धापूर्वक सिकाउन प्रयत्नशील छ ।

अनुभवी धर्मप्रचारकहरू संसारभरि छरिएका मण्डलीहरूको निरन्तरता तथा आत्मिक वृद्धि गुण्तरीय बाइबल-अध्ययन सामाग्रीहरूको उपलब्धतामा आधारित हुन्छ भन्ने कुरामा सहमत हुन्छन् । आजको सत्य यो आवश्यकतालाई सम्बोधन गर्न कटिबद्ध छ ।

पठन पाठन सामाग्रीहरू नयाँ करार इसाई धर्मको पुनर्स्थापनसँग मेला खाने खालका छन् भन्ने कुरा सुनिश्चित गर्न विशेष विषयसूची दिशानिर्देशहरूको व्यवस्था गरिएको छ । विशेष रूपले भन्नुपर्दा, (a) यी सामाग्रीहरूले नयाँ करारका चर्चहरूको सम्मान तथा प्रवर्धन गर्ने कार्य गर्नुपर्छ तथा कुनै पनि हालतमा सम्प्रादायिकता अर्थात मानवले सृजना गरेको धार्मिक अंगहरूलाई स्वीकृति वा प्रसय दिने काम गर्नु हुँदैन (b) यी सामाग्रीहरू अनिवार्य रूपले आधारभूत, सुरक्षित तथा व्यवहारिक रूपमा बाइबलको ज्ञानको व्याख्यामा केन्द्रित हुनु पर्छ ; (c) यी सामाग्रीहरू अनिवार्य रूपले धर्मशास्त्रमा सिकाइए झै विश्वास, पश्चताप, जिसस क्राइष्टको (दोष) स्वीकार, पापको क्षमादानको बप्तिस्माको माध्यमबाट हुने मुक्तिको बाटोमा स्पष्ट हुनुपर्छ । (d) यी सामाग्रीहरूले अनिवार्य रूपले नयाँ करारको ढाँचामा ईश्वरको प्राथनालाई प्रवर्धन गर्नु पर्छ तथा यिनले कुनै पनि हालतमा कुनै प्रकारमा मानवीय नव-रचनालाई अनुमोदनको अभिव्यक्ति दिनु हुँदैन; (e) यी सामाग्रीहरूले कुनै पनि हालतमा जुन सुकै संस्कृतिमा उचित रूपले लागू गर्न सकिने सर्वकालिन सिद्धान्तहरू भएको नयाँ करारको विश्वव्यापी इसाई धर्मको वकालत नगरेर अमेरिका इसाई धर्मको वकालत गर्नु हुँदैन ।