गोपनीयताको नीति

यो ट्रुथ फर टुडे वर्ल्ड मिसन स्कुल, ईन्कको वेबसाइट हो । यस वेबसाइट (“वेबसाइट”) मार्फत तपाईंले उपलब्ध गराउनु भएको सूचना हामी सावधानीपूर्वक सुरक्षित राखेर तपाईंको गोपनीयतालाई सम्मान गर्दछौं । हामीलाई विश्वास गर्नु भएकोमा हामी तपाईंको प्रशंसा गर्दछौं । तपाईंको यो सूचना सावधानीपूर्वक तथा सम्वेदनसिल रूपमा प्रयोग गर्न हामी प्रतिबद्ध छौं । वेबसाइटले के सूचना संकलन गर्दछ र उक्त सूचना हामी के गर्दछौ भन्ने बारेमा तल प्रस्तुत गरिन्छ ।

वेबसाइटको गोपनीयता

तपाईंले यो वेबसाइटमा प्रवेश गर्दा हामी इन्टरनेट पहुँच प्रदान गर्ने कम्प्युटरको इन्टरनेट (आइपि) ठेगाना पहिचान गर्न सक्छौं । हाम्रो सर्भर समस्याको समाधान गर्न वा वेबसाइटको अन्य कुरा व्यवस्थापन गर्न उक्त आइपि ठेगानाको प्रयोग गर्न सकिन्छ । व्यापक जनसाङ्ख्यिक जानकारी सूचना संकलन गर्न पनि यसको प्रयोग हुन सक्छ । हामी तपाईंको आइपि ठेगाना कहिले पनि व्यक्तिगत रूपमा तपाईसँग सम्बन्धित गराउँदैनौं र अन्य कम्पनी वा संस्थालाई पनि प्रदान गर्दैनौं ।

अन्य वेबसाइटहरू

यो वेबसाइटमा ट्रुथ फर टुडे ले संचालन वा नियन्त्रण नगरेका इन्टरनेटका अन्य साइटका लिंकहरु समावेश गरिएका हुन सक्छन् । ट्रुथ फर टुडेको साइट बाहेकका गोपनीयताका अभ्यासहरू वा विषयवस्तुहरूका लागि हामि उत्तरदायी छैनौं र हुन पनि सक्दैनौं । तपाईंले चलाउने हरेक वेबसाइटको गोपनीयता नीति अध्ययन गर्न हामी तपाईंलाई प्रोत्साहन गर्दछौं ।

सूचनाको प्रयोग तथा खुलासा

तपाईंले हामीलाई दर्ता फाराम, क्रम फाराम, सर्वेक्षण फाराम वा ई-मेल मार्फत व्यक्तिगत पहिचानका सूचना प्रदान नगरे सम्म हामी त्यस्ता सूचना संकलन गर्दैनौं । यो वेबसाइटले तपाईंलाई तपाईंको सम्पर्क विवरण (जस्तै- आफ्नो ई-मेल ठेगाना वा पत्राचार ठेगाना), वित्तीय सूचना (जस्तै- तपाईंको खाता नम्बर वा क्रेडिट कार्ड नम्बर) र जनसाङ्ख्यिक सूचना (जस्तै आफ्नो जिप कोड वा उमेर) माग गर्न सक्छ । हामी यो सूचना तपाईंले अनुरोध गरेका जानकारी, उत्पादन, सेवाहरूको बारेमा अवगत गराउन प्रयोग गर्दछौं । उदाहरणका लागि, तपाईंले माग गर्नु भएका बस्तु तथा सेवाहरू पठाउन तपाईंको वित्तीय सूचना प्रयोग गरिन्छ । तपाईंको नाम वा पत्राचार ठेगाना बाहेकका संकलित सबै सूचना ट्रुथ फर टुडे को प्राथमिक प्रयोजनका लागि मात्र हुनेछ र यो बाह्य समूह वा संस्थालाई कुनै हालतमा प्रदान गरिने छैन । तपाईंको नाम र पत्राचार गर्ने ठेगाना भने वेबसाइट मार्फत तपाईंलाई सामान पुर्याउने तेस्रो व्यक्तिलाई प्रदान गरिने छ ।

तपाइँले व्यक्तिगत पहिचान र जनसाङ्ख्यिक विवरण (जस्तै- नाम, पत्राचार ठेगाना, ई-मेल ठेगाना, फोन नम्बर) प्रदान गर्ने सन्दर्भमा पनि विकल्पहरूको प्रयोग गर्न सक्नु हुनेछ । हामीलाई प्रयोगकर्ताहरू चिन्न सजिलो होस् भन्नका लागि तपाईंलाई आफ्नो विवरण पठाउन प्रोत्साहन गर्दछौं ।

तपाइँले यो वेबसाइटमा तपाईंका व्यक्तिगत पहिचानको विवरण पठाउनु भयो भने संग्रहको बिंदु अन्यथा निर्दिष्ट नभएसम्म त्यस्ता जानकारीलाई हामी सक्रिय रूपमा संकलित अन्य विवरणसँग संयोजन गर्दछौं ।

तपाईंका व्यक्तिगत पहिचानका विवरण केवल तलको अवस्थामा मात्र हामी तेस्रो पक्षलाई खुलासा गर्दछौं ।

  1. १. हाम्रो व्यापारमा सहयोग पुर्याउने हामीले प्रयोग गर्ने ठेकेदार (जस्तै- अनुसन्धान विक्रेता र प्राविधिक सहयोगी) । यस्ता मामिलामा तेस्रो पक्षले यी सूचना एउटै उद्देश्यका लागि मात्र प्रयोग गर्न तथा हाम्रो गोपनीयताको नीति अनुसार कार्य र व्यवहार गर्न सहमत हुन आवश्यक हुनेछ ।
  2. कानुनलाई पालना गर्न वा लागू भएका नियम, अदालतको आदेश, सरकारी नियमहरूको आवश्यकता अनुसार ।

यो गोपनीयताको नीति अनुसार सूचना संकलन, प्रयोग तथा खुलासा तपाई बस्ने देश भन्दा बाहिर र यो ऐन नियम नभएका देशहरूमा स्थानान्तरण हुन सक्छ । यो जानकारी दिएर, तपाईं यस गोपनीयता नीति अनुसार यस्तो स्थानान्तरण र खुलासा गर्ने सहमति दिनु हुदैछ ।

अनलाइन ट्र्याकिंग

Oवर्तमान अवस्थामा हाम्रो वेबसाइटले “ट्रयाक नगर्नुहोस्” सिग्नलको वेब ब्राउजर अथवा अन्य मिल्दा जुल्दा संयन्त्रहरू को जबाफ दिँदैन । “सूचनाको प्रयोग तथा खुलासा” तथा “कुकीज” खण्डमा उल्लेख भए बमोजिम हामी हाम्रो वेबसाइटमा तपाईंको अनुभव सुधार गर्न अनलाईन सेवा तथा तेस्रो पक्षका वेबसाइट मार्फत तपाईंका क्रियाकलापहरू ट्र्याक गर्न सफ्टवेयरको प्रयोग गर्न सक्छौं ।

पहुँच, सुधार र अपडेट

तपाईंको व्यक्तिगत पहिचानका सूचना सही, चलायमान र पर्याप्त राख्न, कृपया वेबसाइटमा आजको लागि ट्रुथ फर टुडे फाइलमा राखिएका उपयुक्त फाराम भरि आफ्नो सम्पूर्ण नयाँ सम्पर्क विवरण तथा व्यक्तिगत पहिचानका सूचना अद्यावधिक गर्नुहोस् ।

डाटा सुरक्षा

हामी कहाँ आएका व्यक्तिगत सूचनाको सुरक्षा गर्न सूचनाको प्रसारण तथा हामीले प्राप्त गर्ने दुवै समयमा हामी साधारण रूपमा स्वीकार्य उद्योग स्तरको सूचना हराउने नदिने, दुरुपयोग र अनधिकृत पहुँच रोक्ने, खुलासा, हेरफेर वा विनाश हुन नदिने नियम अपनाउँछौं । कुनै इन्टरनेट प्रसारण कहिल्यै पूर्ण सुरक्षित वा त्रुटि-मुक्त छैन भन्ने कुरा याद राख्नुहोस् । विशेषगरी यो साइट देखि पठाइएका इमेलहरू सुरक्षित नहुन सक्छन् । तसर्थ, तपाईंको सूचना सुरक्षित राख्न व्यापारिक रूपमा स्वीकार्य माध्यम प्रयोग गर्न लागि पर्दा पर्दै पनि हामी यसको पूर्ण सुरक्षा ग्यारेन्टी लिन सक्दैनौं ।

तपाईंको ई-मेल ठेगाना र पासवर्ड आफ्नो व्यक्तिगत जानकारी (नाम, ई-मेल ठेगाना, आदि) अद्यावधिक गर्न आवश्यक हुन्छ । आफ्नो पासवर्ड आफैसँग सुरक्षित राख्नुहोस् । कसैलाई नदिनुहोस् । वेबसाइटको सुरक्षाबारे कुनै प्रश्न छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस् ।

इमेल

ट्रुथ फर टुडेबाट तपाईंले प्राप्त गर्ने इमेल साइटमा तपाईंले गर्ने क्रियाकलापमा आधारित हुनेछ । उदाहरणका लागि पाठ्यक्रम खरिद वा पाठ्यक्रमको समाप्तिमा तपाईंले इमेल प्राप्त गर्नु हुनेछ ।

कुकीज

कुकी प्रयोगकर्ताको कम्प्युटरमा रेकर्ड राख्ने प्रयोजनका लागि राखिएको एउटा सानो टेक्स्ट फाइल हो । यस्ता कुकीज हामी वेबसाइटमा प्रयोग गर्दछौं । तपाईंले हामीलाई वेबसाइटमा पठाउनु भएका व्यक्तिगत पहिचानका यस्ता सूचना हामीले राखेका कुकीजसँग जोड्दैनौं ।

हामी लगातार चल्ने कुकीहरूको प्रयोग गर्छौं । लगातार चल्ने कुकीज विस्तारित अवधि सम्म तपाईँको हार्ड ड्राइभमा रहन्छ । तपाईंले आफ्नो इन्टरनेट ब्राउजरको “मदत” फाइलमा दिइएको निम्न निर्देशनद्वारा लगातार चल्ने कुकी हटाउन सक्नुहुन्छ ।

कुकीज अस्वीकार गरको खण्डमा पनि तपाईंले वेबसाइट प्रयोग गर्न सक्नुहुनेछ तर वेबसाइटका केही क्षेत्र भने सीमित गरिएका हुन सक्छन् । उदाहरणका लागि, कुकीजी सक्रिय नगरे सम्म प्रयोगकर्ताले वेबसाइटमा लग इन वा प्रवेश गर्न सक्दैन ।

गैर-इलेक्ट्रोनिक संचार

हामी हाम्रो तर्फबाट पत्राचारका कार्य संचालन गर्न अन्य कम्पनीहरूको प्रयोग गर्न सक्छौं । आफ्ना कार्य पूरा गर्न आवश्यक व्यक्तिगत जानकारीमा उनीहरूको पहुँच पुग्न सक्छ  तर उनीहरूले ती सूचना कुनै पनि अन्य उद्देश्यका लागि प्रयोग गर्न सक्दैनन् ।

गोपनीयता नीतिमा परिवर्तन

वेबसाइटमा सम्पादित सूचना राखेर कुनै पनि समयमा यो गोपनीयता नीति परिमार्जन र अद्यावधिक गर्ने सर्वाधिकार हामीमा सुरक्षित छ । यो नीतिमा नियमित रूपले हेर्नुहोस् । संकलन गर्दा उल्लेख गरिएको भन्दा फरक ढंगले व्यक्तिगत पहिचानका जानकारी प्रयोग गर्ने हकमा हामी तपाईंलाई इमेल वा हाम्रो वेबसाइटको गृह पृष्ठमा उल्लेख गरि जानकारी दिनेछौं ।

हामीलाई कसरी सम्पर्क गर्ने ?

ट्रुथ फर टुडे तपाईंको गोपनीयता सुरक्षा गर्न प्रतिबद्ध छ । तपाईंको गोपनीयता सुरक्षा गर्नु हाम्रो लागि महत्वपूर्ण छ किनकी तपाईंले हामीलाई सदैव हाम्रो गोपनीयता नीति सन्दर्भमा चिन्ता व्यक्त गर्न सक्नुहुन्छ । ट्रुथ फर टुडेले यथोचित चिन्ता र सोधपुछको शीघ्र जबाफ दिने प्रयास गर्नेछ ।

ट्रुथ फर टुडे वर्ल्ड मिसन स्कुल, ईन्क
पो.ब.नं. २०४४
सर्सी, आर्कंसस
७२१४५-२०४४, अमेरिका