हाम्री विद्यालयमा तपाईलाई स्वागत छ

हामी तपाईंलाई यहाँ देख्न पाउँदा धेरै नै खुसी छौं र तपाईंलाई थ्रु द स्क्रिप्चर्समा स्वागत गर्न चाहन्छौ । तपाईंलाई यो यात्रा रोचक, सूचनामूलक र सन्तोषजनक लाग्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं । मेथ्यु २८ मा यशुले आफ्ना चेलाहरूलाई भन्नु भएको छ, “त्यसकारण जाऊँ र पिता र छोरा र पवित्र आत्माको नामबाट बप्तिस्मा गरेर सबै राष्ट्रलाई चेला बनाउ ।” जाने आदेशले धेरै तरिकाबाट पूर्णता पाएको छ । प्रारम्भमा जाने आदेश एउटा ठाउँ देखि अर्को ठाउँमा हिँडेर र उक्त सन्देश प्रचार भएर पूरा भएको छ । पछाडि कसैले नाउँबाट समुन्द्रमा लिएर गए र एउटा तट देखि अर्को तटसम्म गर्दै परमेश्वरका शब्दहरू मानिसहरू सम्म पुर्याए । कसैले लेखेका चिठ्ठी सन्देशवाहक सम्म पुग्यो र सन्देशवाहकले त्यसलाई ठूलो ठूलो स्वरमा पढे । अलि पछाडि, हामीसँग बाइबल—लेखित शब्दहरू, समीक्षा तथा अरू बाइबलीय सामाग्रीहरू आए । सबै मानिसहरूले यशुको बारेमा जान्न पाउन भनेर यी सबै कुराहरू संसार भरीका सबै मानिसहरू माझ वितरण गरिएको छ । आज, हामी बाइबलको अनलाइन अध्ययनले संसार भरीका मानिसहरूको घर र हृदयमा बस्न सफल भएका छौं ।

ThroughTheScriptures.com प्रख्यात विद्वान्हरू द्वारा लेखिएका बाइबलिय अध्ययन सामाग्रीहरू प्रदान गर्दछ । यसले ओल्ड टेस्टामेन्ट र न्यु टेस्टामेन्टका बारेमा बाइबलका सबै पुस्तकहरू पढ्ने प्रस्ट र तार्किक तरिका प्रदान गर्छ । तेइस वटा भाषामा उपलब्ध भई बाइबलको गहन अध्ययन भएको अर्थमा यो अद्वितीय छ । ThroughTheScriptures.com अविश्वसनिय मूल्य प्रदान गर्दछ । भर्ना शुल्कको रूपमा एउटा सानो रकम तिरे बापत तपाईले बाइबलका सान्दर्भिक अध्ययन सामाग्री, उक्त सामाग्रीको बारेमा विशेष समीक्षा र प्रत्येक पाठ्यक्रमको समूह समाप्त गरे पछि समाप्तिको प्रमाणपत्र प्राप्त गर्नु हुनेछ । र अन्त्यमा, तपाईसँग बाइबलसँग सम्बन्धित आफ्नै लाइब्रेरी हुनेछ । यो भन्दा अझ बढी, परमेश्वरका शब्दहरू सिकाउने मात्र नभएर, ThroughTheScriptures.com ले परमेश्वरको शब्द, परमेश्वरको अनुग्रह र परमेश्वरको सत्यतामा बाच्न उत्प्रेरित गर्नेछ । यसो गर्दा पृथ्वीमा प्रचुर मात्रामा बाचिन्छ र जीवनमा खुसी हुन सकिन्छ र स्वर्गमा गए पछि अनन्त जीवन बाचिन्छ भनेर परमेश्वरले वाचा गर्नु भएको छ । तपाईलाई ThroughTheScriptures.com मा पाउँदा हामी धेरै खुसी छौं र यो यात्राको क्रममा तपाईले परमेश्वरको आशीर्वाद पाउनुहोस् भनेर कामना गर्छौ ।

  • व्यक्तिगत छनौट
  • व्यक्तिगत छनौट
  • जुनसुकै बेला जुन सुकै पुस्तक छान्नुहोस्! हाम्रा व्यक्तिगत कोर्षहरू तपाईंमा चाख जागृत गर्ने बाइबलको कुनै विशेष पुस्तक गहिरिएर अध्ययन गर्ने पूर्ण अवसरहरू हुन् ।
  • सेमेष्टर अध्ययन
  • सेमेष्टर अध्ययन
  • शुरुदेखि अन्त्य सम्म सम्पूर्ण धर्मशास्त्रको माध्यमबाट अध्यनन् गर्नु होस् । हाम्रो विद्यालयले विद्यार्थीहरूलाई बाइबलका प्रत्येक पुस्तकको विस्तृत विश्लेषण गर्ने सिलसिलाबद्ध पाठ्यक्रम भएको आदर्श सिकाइ प्लेटफर्म प्रदान गर्छ ।
  • विद्यालय कसरी शुरू गर्ने
  • विद्यालय कसरी शुरू गर्ने
  • अरूसँग बाइबलको अध्ययन गर्न चाहनुहुन्छ ? एउटा समूह तयार गर्नुहोस् र हाम्रा सुझाव तथा तपाईंको बाइबलीय बुझाइलाई वृद्धि गर्न आवश्यक उत्तम अभ्यासहरूबाट सहपठन गर्नु होस् ।

थ्रु द स्क्रपचर्सलाई ध्यान दिएर अध्ययन गर्दा

थ्रु द स्क्रपचर्सको उदेश्य भनेको बाइबलको शिक्षा विश्व भरी रहेका सबै मानिसहरूलाई उपलब्ध गराउने हो । बाइबलले के भन्छ भनेर जान्ने इच्छा भएका सबै मानिसहरू बाइबलको बारेमा जान्ने अवसर पाउनु पर्छ । हाम्रो लक्ष्य भनेको हाम्रो पाठ्यक्रमलाई २३ भाषामा उपलब्ध गराएर संसार भरी पहुँच पुर्याएर धेरै भन्दा धेरै मानिसहरूलाई अवसर दिनु हो । पाठ्यक्रममा भर्ना भए वापत आउने डलर प्रत्यक्ष रूपमा यही लक्ष्यलाई साकार पार्न खर्च हुन्छ ।

TTS छात्रवृत्ति कार्यक्रम

निःशुल्क छात्रवृत्ति भर्नाको लागि क्लिक गर्नुहोस्
व्यक्तिगत अध्ययन वा बाइबल सिकाइ केन्द्र

संयुक्त राज्यभन्दा बाहिरको लागि मात्रै