बारम्बार सोधिने प्रश्नहरू

तपाईंसँग हाम्रो विद्यालय वा पाठ्यक्रमहरूको बारेमा जिज्ञासाहरू छन् ? तपाईंका धेरै प्रश्नहरूको उत्तर हाम्रो बारम्बार सोधिने प्नश्नहरू खण्डमा भेट्न सकिन्छ ।

अनलाइन विद्यालय सम्बन्धी प्रश्नहरू

पाठ्यक्रममा भर्ना सम्बन्धी प्रश्नहरू

भुक्तानी सम्बन्धी प्रश्नहरू

पाठ्यक्रम छान्ने तरीका सम्बन्धी प्रश्नहरू

परीक्षा सम्बन्धी प्रश्नहरू

प्राविधिक प्रश्नहरू

समर्थन प्रश्नहरू

 

 


अनलाइन विद्यालय सम्बन्धी प्रश्नहरू

प्र. यो विद्यालयको उद्देश्य के हो ?

जिससले आफ्ना मान्छेहरूलाई मिशन दिदै भन्नुभयो: “त्यसैले जाऊ र संसारभरि अनुयायी बनाऊँ, उनीहरूलाई परमपिता र पुत्र तथा पवित्र आत्माको नाममा नयाँ जन्म देऊ र मैले तिमीहरूलाई दिएको सबै आदेशहरूको पालना गर्न सिकाऊ ।” (माथ्यु 28:19, 20; एनएएसबी) थ्रु द स्क्रिप्चर्सको माध्यमबाट सिक्न चाहने संसारका सबै देशमा रहेका व्यक्तिहरूलाई पूर्ण बाइबल सिकाउने कार्यमा पूर्ण प्रतिबद्ध छ ।

प्र. कक्षाहरू कहाँ सिकाइन्छन् ?

यी पाठ्यक्रमहरू पठनमा आधारित हुन्छन् तथा यीनलाई अनलाइन मै पूरा गर्न सकिन्छ । तपाईंसँग इन्टरनेट सुविधा छ भने तपाईं संसारको जुन सुकै कुनाबाट पनि यी कोर्षहरू गर्न सक्नु हुन्छ ।

प्र. यी विद्यालय प्रवचक (प्रिचर) हुने तालिम लिइरहेका व्यक्तिहरूका लागि मात्र हो ?

हामीले ठोस तथा पूर्ण बाइबलीय आधार प्रदान गर्ने भए पनि धर्मशास्त्रको माध्यमबाटलाई “प्रवचक विद्यालय’ बानउने हेतुले स्थापित गरिएको होइन । यो विद्यालय इश्वर उपदेशको बारेमा जान्न चाहने सबैले प्रयोग गर्न सक्ने हिसाबले संचालन गरिएको छ ।

प्र. यो अध्ययनमा भर्ना हुन म इसाई वा कुनै विशेष सम्प्रदायको सदस्य हुन जरूरी छ ?

छैन । सिकाइको लागि तपाईंको तयारी एक मात्र “मापदण्ड” हो । “सुन्ने कान भएकालाई सुन्न देऊ” (म्याथ्यु ११:१५)।

प्र. यी पाठ्यक्रमहरूमा कुन सम्प्रादायिक मतको पढाइ हुन्छ ?

यी कोर्षहरूमा कुनै पनि संप्रादायिक मत, पापस्वीकार वा आस्थाको कथन सिकाइदैन । धर्मदूत पलले शिक्षा दिदै भने, “म तिमीलाई इश्वर जिसस क्राइष्टको नाममा तिमीहरू सबै सहमत छौ तथा तिमीहरूमा कुनै विभाजन छैन तर तिमीलाई उही मस्तिष्क र उही विवेकमा पूर्ण पारिएको छ भन्ने कुरामा जोड दिन्छु, दाजु भाइहरू” (१ कोरिनथिअन्स १:१०)। क्राइष्टको चर्चलाई यस्ता विभाजनहरूबाट मुक्त पार्नु छ भने हामी एउटा साझा मापदण्डमा एकिकृत हुनु पर्छ: त्यो मापदण्ड भनेको ईश्वर आफैले हामीलाई दिएको सन्देश । हाम्रा कोर्षका लेखकहरू परम्परा तथा यो विभाजन सृजना गर्ने मापदण्डहरू तोक्न कटिबद्ध छन्; उनीहरू ईश्वरले आफ्नो बाइबलमा दिएको शुद्ध सन्देश मात्र सिकाउन प्रयत्नशील हुन्छन् । हामी तपाईंलाई “अत्याधिक उत्सुकताका साथमा प्रत्येक दिन धर्म ग्रन्थमा वर्णन भएको कुराहरू प्राप्त भएको छ कि छैन भन्ने कुरा जाँचेर यी शब्दहरू प्राप्त गर्ने” सज्जन बेरेअन्सले  गरे झै गर्न बिन्ती गर्छौं” (याक्ट्स १७:११) ।

प्र. थ्रु द स्क्रिप्चर्स मान्यता प्राप्त विद्यालय हो ?

थ्रु द स्क्रिप्चर्स मान्यता प्राप्त संस्थान होइन । तैपनि बाइबलको गहिरो ज्ञान आवश्यक वा मूल्यांकन हुने ठाउँमा बाइबलको सम्पूर्ण अध्ययन पूरा गरेको प्रमाणपत्र महत्वका साथ राखिनु पर्दछ ।

प्र. थ्रु द स्कप्चर्सले दिक्षान्त प्रमाणपत्रहरू प्रदान गर्छ ?

प्रत्येक पाठ्य समूहभित्र रहेको प्रत्येक पाठ पूरा भएपछि प्रमाणपत्र दिइनेछ । पाठ्यक्रम समूहको एउटा उदाहरण भनेको नयाँ करार इतिहास हुनेछ जसले यशुको जिवन, १; यशुको जिवन, २; मेथ्यु १—१३; मेथ्यु १४—२८; मार्क; ल्युक १:१—९:५०; ल्युक ९:५१—२४:५३; जोन १—१०; जोन ११—२१; एक्ट्स १—१४; र एक्ट्स् १५—२८ समावेश गर्दछ । पाठ्यक्रम समुहको थप जानकारीको लागि सेमेस्टर अध्ययन पृष्ठमा हेर्नुहोस् ।

प्र. थ्रु द स्कप्चर्सले धार्मिक मन्त्रालय (मिनिष्ट्री) को अनुमति पत्र प्रदान गर्छ ?

शुभ सन्देश बाँड्न बाइबलको लाइसेन्स लिइरहनु पर्दैन न त थ्रु द स्क्रिप्चर्सले कसैलाई मिनिस्ट्रीको प्रमाणीकरण नै गर्दछ । शुभ सन्देश बाँड्न बाइबलको लाइसेन्स लिइरहनु पर्दैन न त थ्रु द स्क्रिप्चर्सले कसैलाई मिनिस्ट्रीको प्रमाणीकरण नै गर्दछ । ‘सबै धर्मशास्त्र ईश्वरबाटै प्रेरित छन् र यो शिक्षाका लागि, अर्तीका लागि, सच्याउनका लागि, धार्मिकतामा तालिम दिनका लागि लाभदायक हुन्छ ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भइ सिद्ध होउन् (२ तिमोथी ३:१६, १७) ।

प्र. अन्य पाठ्यक्रमहरू पनि उपलब्ध हुनेछन् ?

नयाँ पाठ्यक्रमहरु उपलब्ध हुनासाथ राखिनेछन् । हाम्रो न्यूनतम उद्देश्य भन्नु नै पूरै बाइबललाई जस्ताको त्यस्तै पाठ्यक्रममा राखिएजस्तै मिहिन तरिकाले प्रस्तुत गर्नु हो ।

प्र. यो विद्यालय अन्य भाषाहरूमा पनि उपलब्ध छ ?

धर्मशास्त्रलाई २३ भाषामा उपलब्ध गराइएको छ । अंग्रेजीका अतिरिक्त हामीले अरबी, बंगाली, चिनियाँ, फ्रान्सेली, जर्मन, गुजराती, हिन्दी, इन्डोनेसियाली, जापानी, कन्नाडा, कोरियाली, मलायलम, मराठी, नेपाली, पोर्चुगाली, पञ्जाबी, रुसी, स्पेनी, तमिल, तेलेगु, उर्दु र भियतनामी भाषामा पनि पाठ्यक्रम उपलब्ध गराएका छौँ । अंग्रेजीमा उपलब्ध सबै किसिमका पाठ्यक्रम तत्काललाई सबै भाषामा उपलब्ध हुने छैन, प्रत्येक भाषालाई अनुवाद गर्न समय लाग्नेछ । क्रमशः पाठ्यक्रमका सबै छनोट यी भाषाहरुमा उपलब्ध हुनेछन् ।

प्र. हाम्रो चर्चले यो विद्यालयको प्रयोग कसरी गर्न सक्छ ?

प्रभावकारी कार्यक्रमको लागि अध्ययनको स्थानीय समूह निकै नै महत्वपूर्ण हुन सक्छ । आफ्नो मण्डलीमा स्थानीय थ्रु द स्कप्चर्स कार्यन्वयन गर्न चाहिले पारमर्शको लागि हाम्रो कसरी विद्यालय शुरू गर्ने पृष्ठ हेर्नुहोस् ।

प्र. थ्रु द स्क्रप्चर अनलाइन विद्यालय पछाडि को छ ?

थ्रु द स्क्रिप्चर्स ट्रुथ फर टुडे को काम हो । यो एउटा बहुआयामिक नाफारहित संस्था हो, जसले वैश्विक सुसमाचारका पक्षमा काम गर्छ । यसको कार्यालय अमेरिकाको अर्कन्सास राज्यको सर्सीमा छ ।

प्र. यी पाठ्यक्रमहरू कसले लेखेका हुन् ?

बाइबल शिक्षणमा पूरै जीवन समर्पित गर्नुहुनेका बारेमा जान्न हाम्रा लेखकका बारेमा मा क्लिक गर्नुहोस् ।

 


पाठ्यक्रममा भर्ना सम्बन्धी प्रश्नहरू

प्र. यो विद्यालयको कुनै पाठ्यक्रममा भर्ना हुन पूरा गर्नु पर्ने पूर्वशर्तहरू के के हुन् ?

यसका लागि तपाईंले कुनै अग्रिम भुक्तानी गर्नु पर्दैन । हाम्रा पाठ्यक्रमहरु सबैका लागि खुला छन् ।

प्र. म कुन पाठ्यक्रममा भर्ना हुन सक्छु ?

तपाईंले हाम्रा उपलब्ध जुनै पनि पाठ्यक्रम छनोट गर्न सक्नुहुनेछ । तपाईंलाई बाइबलको कुनै निश्चित पाठ्यक्रम पढ्नै पर्ने नलागेको भए हामी येशूको जीवन, १ बाट पढ्न सुरु गर्न सल्लाह दिन्छौँ ।

प्र. प्रत्येक पाठ्यक्रम कति समयसम्म चल्छ ?

प्रत्येक पाठ पूरा गर्नका लागि तपाईंले पाठका लागि भर्ना भएको दिनदेखि ५० दिन लगाउन सक्नुहुन्छ ।

प्र. यी पाठ्यक्रमहरू कहिले शुरू हुन्छन् ?

हामी तपाईंलाई सेमेस्टर अथवा तीन महिने कार्यक्रम (अझै बढी जानकारीका लागि सेमेस्टर अध्ययन हेर्नुहोस्) का बारेमा सल्लाह दिन्छौँ तर तपाईंले पाठ्यक्रमलाई जुनसुकै बेला सुरु गर्न सक्नुहुन्छ । तपाईं पठन समूह वा स्थानीय टीटीएस स्कुलसँग सम्बद्ध हुनुहुन्छ भने अन्य समूह सदस्यसित संयोजन गरी एक साथ भर्ना हुन सक्नुहुन्छ ।

प्र. म एउटा पाठ्यक्रममा मात्र भर्ना हुन पाउँछु ?

पाउँनु हुन्छ । एक पटक पाठ्यक्रम सुरु गरिसकेपछि तपाईंले अन्य पाठ पनि जारी राख्न चाहनु भएको हामीले सोच्नेछौँ, छनोट गर्ने नगर्ने अधिकार सधैं तपाईंको नै हुनेछ । यसका लागि तपाईंलाई स्वचालित रुपमा कहिल्यै अन्य पाठ्यक्रम र शुल्क लगाउने छैनौँ ।

प्र. म एकै पटक एउटा भन्दा बढी पाठ्यक्रममा भर्ना हुनु पाउँछु ?

हाम्रो प्रणालीले तपाईंलाई एक पटकमा एउटै मात्र पाठ्यक्रमका लागि स्वीकृति दिनेछ । हाम्रो पूरै पाठ्यक्रम पढिसिध्याउन ५० दिन नै कुर्नुपर्छ भन्ने छैन । एक पटक तपाईंले पाठ्यक्रम पूरा गरिसकेपछि अर्को पाठ्यक्रममा अघि बढ्ने छनोट हुनेछ ।

प्र: मैले प्राप्त गर्नु पर्ने छुट्टै पाठ्यपुस्तक वा अन्य आपूर्तिहरू छन् ?

पाठ्यक्रमका लागि आवश्यक सम्पूर्ण चिज उपलब्ध गराइनेछ । यसका लागि तपाईंसँग मात्र इन्टरनेटसँग जोडिने माध्यम र सिक्ने इच्छा भए पुग्छ । तपाईंसँग बाइबलको एक प्रति होस् भन्ने हामी चाहन्छौँ तर पढ्न आवश्यक पर्ने पाठसँगै धर्मशास्त्रका केही अंशहरु अध्ययनमा संलग्न हुने नै छन् ।

प्र. व्यक्तिगत छनौट तथा सेमेष्टर अध्ययन बीच के फरक छ ?

व्यक्तिगत छनोट त्यस्ता व्यक्तिका लागि हो, जसलाई पहिल्यै कुन पाठ्यक्रम लिने भन्ने जान्दछ अथवा आफू पढ्ने कुरा छनोट गर्न सक्दछ । सेमेस्टर स्टडिज छनोट भने पूरै बाइबल पढिसकेको तर संगठित संरचना पछ्याउन चाहनेका लागि हो । यी दुई बीचको एउटै वास्तविक फरक भन्नु पर्सनल च्वाइसले तपाईंलाई पहिलो छनोट गरेको हुन्छ भने सेमेस्टर स्टडिजलाई तपाईंले पहिलो पटक छनोट गर्नु भएको मात्र हो । यी दुवै पाठ्यक्रम प्राविधिक रुपले एकअर्कामा उस्तै उस्तै हुन् । हामीले यी दुई छनोटलाई भिन्दाभिन्दै शृंखलाका सुझाव प्रस्तुत गर्नेछौँ ताकि सरल तरिकाले भिन्दाभिन्दै आवश्यकताका मानिसद्वारा कसरी स्कुल सञ्चालन हुन्छ बुझाउन सकियोस् ।

प्र. मैले व्यक्तिगत छनौट अन्तर्गत एउटा पाठ्यक्रम शुरू गरे, म सो बदलेर सेमेष्टर अध्ययन पढ्न सक्छु ?

एउटा पाठ्यक्रमको व्यक्ति अर्को पाठ्यक्रममा छिर्नु आवश्यक छैन । जसै तपाईंले एउटा पाठ्यक्रम पूरा गर्नुहुन्छ, त्यसलाई रुचाउनु भएको खण्डमा स्कुलले तपाईंलाई अर्को पाठ्यक्रम छनोट गर्ने सुविधा दिन्छ । पाठ्य समूहमा रहेका दुवै छनोटका सबै पाठ्यक्रमहरु पूरा गर्नुभएको अवस्थामा प्रमाणपत्रका लागि तपाईं योग्य हुनु हुनेछ ।

प्र. सेमेष्टर अध्ययनबाट शुरू गर्दा अनियमित रूपले म कुनै पृथक पाठ्यक्रम छान्न सक्छु ?

सक्नुहुन्छ । प्रत्येक पाठ्यक्रमपछि स्कुलले तपाईंलाई तपाईंले चाहनुभएको अवस्थामा अन्य विविध पाठ्यक्रमहरु छनोट गर्ने सुविधा दिनेछ । छनोट सधैँ तपाईंकै हुनेछ ।

प्र. मैले सेमेष्टर वा त्रैमासिक प्रणाली मध्ये आफूले लिन चाहेको प्राणाली कहाँ छान्ने ?

सेमेस्टर र तीन महिने कार्यक्रम (सेमेस्टर स्टडिज पृष्ठमा) तपाईंले आफ्नो इच्छाअनुसार पछ्याउने सामान्य सुझाव मात्र हुन् । यसका लागि तपाईंले वेबसाइटभित्रै गएर छनोट गर्नु पर्दैन ।

प्र. मैले ५०-दिने समय सीमा भित्र आफ्नो अध्ययन पूरा नगरेमा के हुन्छ ?

तपाईंले ५० दिने पाठ्यक्रम पूरा गर्न सक्नु भएन भने थप ३० दिने म्याद किन्न सक्नहुन्छ, त्यो पनि सहुलियत मूल्यमा । थपिएको म्याद पहिलो ५० दिने समय कटेपछि मात्र किन्न पाइनेछ । प्रति पाठ्यक्रम जति पटक पनि म्याद किन्न सकिनेछ । म्यादका लागि कुनै सीमा बाँधिएको छैन ।

प्र. मैले पूरा गर्नु अगाडि नै मेरो पाठ्यक्रमको आयु सिध्यिएमा के हुन्छ ? बाँकी रहेको कोर्ष पूरा गर्न म फर्किन सक्छु ?

कहिलेकाहीँ पाठ्यक्रमको म्याद सकिएर समय बिते पनि जहाँबाट तपाईंले पाठ्यक्रम छुटाउनु भएको थियो, त्यहीँबाट ३० दिने अतिरिक्त समयको छनोट सुविधा प्रयोग गर्न सक्नुहुनेछ ।

 


भुक्तानी सम्बन्धी प्रश्नहरू

प्र. कुनै पाठ्यक्रममा भर्ना हुन मैले रकम तिर्नु पर्छ ?

पर्छ । थ्रु द स्क्रिप्चर्स ट्रुथ फर टुडे को काम हो । यो एउटा बहुआयामिक नाफारहित संस्था हो, जसले वैश्विक सुसमाचारका पक्षमा काम गर्छ । यस किसिमको वृहत्तर कार्यक्रमका लागि प्रशस्तै रकम खर्च हुने गर्दछ । तपाईंले किनेका प्रत्येक पाठ्यक्रमले यो कार्यक्रम चलाइरहन, नयाँ कार्यक्रम उत्पादन र अनुवाद गर्न सहयोग गर्नुहुनेछ । तपाईंको सहयोगले अन्य भाषामा अन्य मानिसहरुले तपाईंले झैँ यही महान पाठ्यक्रम अध्ययन गर्न पाउनेछन् ।

प्र. कुनै पाठ्यक्रममा भर्ना हुन कति पैसा लाग्छ ?

यी पाठ्यक्रमको प्रत्येक पाठ छनोट गर्दा स्पष्टसँग प्रत्येक पाठको ‘इनरोल’ सँगै मूल्य पनि लेखिएको हुन्छ र तपाईंले त्यति मात्रै रकम तिर्नुहुनेछ । त्यसबाहेक तपाईंलाई हामी अन्य कुनै शुल्क लिनेछैनौँ । तपाईंको ठाउँअनुसार शुल्क तोकिएको हुनेछ । हामीले तपाईं बस्नु भएको मुलुकको आर्थिक अवस्था हेरी मूल्य राखेका हुन्छौँ ताकि तपाईंको बाइबल अध्ययन गर्ने तीव्र इच्छामा आर्थिक अवस्था व्यवधान नबनोस् । हामी यो कुरामा तपाईको बुझाईलाई सहराना गर्दछौं ।

प्र. मैले प्रत्येक पाठ्यक्रमको शुल्क कहिले तिरिसक्नु पर्छ ?

जसै तपाईं पढ्न तयार हुनुहुन्छ, पाठ्यक्रममा भर्ना हुँदा प्रत्येक कोर्सका लागि तपाईंले व्यक्तिगत रुपमा रकम तिर्नु पर्नेछ । तपाईं स्वचालित रुपमा भर्ना हुनुहुने छैन अथवा तपाईंलाई अन्य पाठ्यक्रमका लागि स्वचालित शुल्क तिराइने छैन ।

प्र. भुक्तानीका कुन कुन पद्धतिहरू उपलब्ध छन् ?

शुल्कका लागि हामी भिसा, मास्टरकार्ड, अमेरिकन एक्स्प्रेस, जेसीबी, डिस्कोभर र डिनर्स क्लबजस्ता कार्ड स्वीकार गर्दछौँ । यदि तपाईंको क्रेडिट कार्ड वा डेबिट कार्डमा निम्न किसिमको लागो छ भने हाम्रो पाठ्यक्रममा भर्ना हुनका लागि तपाईंको कार्ड प्रयोग गर्न सक्नु हुनेछ ।

भिसा मास्टर कार्ड एमेक्स जेसिबी डिस्कभर डाइनर्स

प्र. मेरो देशको मुद्रा अमेरिकी डलरभन्दा पृथक भएमा पनि म आफ्नो क्रेडिट वा डेबिट कार्ड प्रयोग गर्न सक्छु ?

अधिकांश बैंक र क्रेडिट कार्ड कम्पनीहरुले विदेशी रकममा खरिद गरी त्यसको भर्पाइ तपाईंको कार्डमा थोरै शुल्क लिएर गर्न सक्छन् । ख्याल गर्नुहोस्, यसो गर्दा तपाईंको कार्डमार्फत गरिएको खरिदका कारण सानो शुल्क पनि लाग्न सक्छ ।

 


पाठ्यक्रम छान्ने तरीका सम्बन्धी प्रश्नहरू

प्र. मैले कुनै पाठ्यक्रम छनौट गर्दा म के अपेक्षा गर्न सक्छु ?

पाठ्यक्रमहरु पढाइमा आधारित हुनेछ र तिनको मुख्य केन्द्रविन्दु डिजिटल पुस्तकमार्फत हुन्छ, जसलाई हामी ‘स्टडी टेक्स्ट’ भन्दछौँ । तपाईंले ५० दिनभित्र पूरै पाठ्यक्रम अध्ययन गरिसक्नु पर्दछ तर पढाइको गति कस्तो हुने भन्ने कुरा तपाईंमा भर पर्दछ । थप जानकारीका लागि हाम्रो स्याम्पल कोर्स कन्टेन्ट (नमूना पाठ्यक्रम कन्टेन्ट) पृष्ठमा जानुहोस् ।

प्र. पाठ्यक्रम भित्र पढाइ हुने विषयवस्तुहरूका नमूनाहरू छन् ?

हो ! हाम्रो नमूना पाठ्यक्रम कन्टेन्टमा हेर्नुहोस् ।

प्र. अध्ययन पाठ्यक्रममा के के पर्छन् ?

प्रत्येक पाठ्यक्रमका पढ्नु पर्ने स्टडी टेक्स्ट डिजिटल किताबका रुपमा पीडीएफ फाइलमा आउँछन्, जुन ट्रुथ फर टुडे कमेन्टरी शृंखलाका भागहरु हुन् । यो ३ सय ५० र ७ सय पेजसम्मका शृंखलाहरु धर्मशास्त्रका टिप्पणी र व्याख्यानहरु हुन् । यी स्टडी टेक्स्ट तपाईंको लागि बहुमूल्य अंगका रुपमा आउँदा कैयौँ वर्षसम्म धार्मिक पुस्तकालयका रुपमा उपयोगी हुनेछन् ।

प्र. प्रत्येक पाठ्यक्रमको अन्त्यमा मैले अध्ययन पाठलाई के गर्नु पर्छ ?

यी स्टडी टेक्स्ट र अन्य डाउनलोड गर्न मिल्ने चिजहरु पाठ्यक्रम अध्ययनका क्रममा पाउनु हुनेछ र ती पाठ्यक्रममा प्रयोग गर्ने र पछ्याउनु पर्ने हुन्छ । यी फाइलहरुलाई तपाईंको प्रत्येक पाठ्यक्रमको अन्त्यपछि कम्प्युटरमा सुरक्षित राख्नु भयो कि भएन सुनिश्चित गर्नुहोस् ।

प्र. अध्ययन गरिने पाठ्यपुस्तकको प्रिन्ट गरिएको प्रति प्राप्त गर्न सकिन्छ ?

पुस्तकाकार रुपमा रहेको स्टडी टेक्स्टहरु अंग्रेजीमा मात्र उपलब्ध छ । अमेरिकामा अंग्रेजीमा यो पाठ्यक्रम अध्ययन गरिरहेका विद्यार्थीले पुस्तकको डिजिटल प्रतिसँगै पुस्तक पनि स्वतः पाउने छन् । यो पाठ्यक्रम अध्ययनका क्रममा तिरिएको रकमबाटै पुस्तक पठाउने व्यवस्था मिलाइएको हुनेछ । तपाईं यो पाठ्यक्रमका लागि भर्ना भएकै बेला पुस्तक उपलब्ध गराउन आवश्यक ठेगाना सोधिनेछ ।

कृपया ध्यान दिनुहोस्, ५० दिने पाठ्यक्रम भर्ना भएलगत्तै सुरु हुनेछ । त्यसैले अध्ययन गर्नका लागि किताब कुरेर नबस्नु होस् । त्यसैले, हामी तपाईंलाई अध्ययन् सुरु गर्ने बेला सम्म मुद्रित प्रति नपर्खने सल्लाह सल्लाह दिन्छौ ।

अन्तर्राष्ट्रिय स्तरमा पुस्तक पुर्याउने शुल्क ज्यादै महँगो हुनाले संयुक्त राज्य अमेरिकाभन्दा बाहिरका विद्यार्थीहरुले डिजिटल प्रति नै पाउनु हुनेछ । यदि तपाईंलाई अंग्रेजी छापा पुस्तक नै किन्नु पर्ने अवस्थामा staff@resourcepublications.net मा रिसोर्स पब्लिकेसन्सलाई इमेल सम्पर्क गर्न सक्नुहुन्छ वा १–५०१–३०५–१४७२ फोन गर्न सक्नुहुन्छ । (यसका लागि तपाईंले आफ्नो फोन नम्बरका अघिल्तिर राष्ट्रको एक्जिट कोड प्रयोग गर्नुपर्ने हुन्छ ।)

प्र. म अध्ययन गरिने पाठलाई आफैं प्रिन्ट गर्न पाउँछु ?

आफ्नो निजी प्रयोगका लागि तपाईंले डिजिटल कपीलाई प्रिन्ट पनि गर्न सक्नुहुनेछ । तपाईंले स्टडी टेक्स्ट अरुलाई पढ्न दिन पाउनु हुन्न । ध्यान दिनुहोस्, प्रत्येक स्टडी टेक्स्ट कैयौँ सय पेज लामो छ । त्यसैले यसलाई प्रिन्ट गर्नु भनेको कागज र मसीको ठूलो उपयोग हुनु हो ।

प्र. पाठ्यक्रमलाई कसरी अंक प्रदान गरिन्छ ?

पाठ्यक्रममा तपाईंको अध्ययन प्रगतिलाई पाँच भागमा परीक्षण गरिनेछ र एउटा अन्तिम सम्पूर्ण परीक्षा लिइनेछ । तपाईंको अन्तिम कोर्स ग्रेड ६ विविध परीक्षामा ल्याएको एभरेजबाट गणना गरिनेछ ।

प्र. मैले प्राप्त गरेका ग्रेडका लब्धाङ्क पत्र (ट्रान्सक्रिप्ट) प्राप्त हुन्छ ?

हुन्छ । तपाईंले साइटमा लग इन गर्नुभएको बेला तपाईंले वेबपेजको माथिको सबैभन्दा दाहिनेतिर मेरो खाता मेनुभित्र मेरो अंक फेला पार्न सक्नु हुनेछ ।

प्र. म अन्य विद्यार्थीहरूसँग कसरी अन्तर्क्रिया गर्न सक्छु ?

तपाईंले वेबसाइटमा सिधा अन्य विद्यार्थीहरुसँग अन्तरक्रिया गर्न सक्नु हुन्न तर हामी तपाईंलाई र अन्य विद्यार्थीहरुलाई स्थानीय टीटीएस स्कुल र अध्ययन समूहमा भेला भई छलफल गर्न हौस्याउँछौँ । यसका लागि आवश्यक पर्ने टिप्स र सल्लाहका लागि कसरी विद्यालय सुरु गर्ने हेर्नुहोस् ।

 


परिक्षाहरूको बारेमा प्रश्नहरू

प्र. यो अध्ययनमा कति वटा परीक्षाहरू हुन्छन् ?

प्रत्येक पाठ्यक्रममा पाँचवटा खण्ड परीक्षा र एउटा अन्तिम वृहत्तर परीक्षा हुनेछ ।

प्र. मैले प्रत्येक परिक्षा कहिले दिनु पर्नेछ ?

यसका लागि आवश्यक पर्ने टिप्स र सल्लाहका लागि हाउ टु स्टार्ट अ स्कुल (हेर्नुहोस् । परीक्षणका लागि पाँच भाग र एउटा अन्तिम परीक्षा हुनेछ । प्रत्येक कोर्सको टेस्ट हुनेछ । टेस्टका लागि कुनै तोकिएको सीमा वा समय हुने छैन । प्रत्येक भागमा दिइएका पाठ्य सामग्रीहरु पढिसकेपछि तपाईंले आफूलाई तयार भएको अवस्थामा टेस्ट दिन सक्नुहुन्छ । स्मरण रहोस, सबै ६ वटा परीक्षा दिनका लागि तपाईंसँग ५० दिन छ । उपलब्ध समयमा तपाईंले सबै ६ वटा टेस्ट दिनु भएको छ/छैन भनी जान्न गतिशीलता नाप्ने यन्त्र पनि सँगै राखेका छौँ ।

प्र. प्रत्येक परिक्षामा कति वटा प्रश्नहरू हुन्छन् ?

प्रत्येक परीक्षामा धेरै सम्भावित प्रश्नहरूको समूहबाट ५० वटा प्रश्न छानेर सोधिनेछन् ।

प्र. परिक्षामा कस्ता प्रकारका प्रश्नहरू सोधिनेछन् ?

यस परीक्षामा वहुवैकल्पिक तथा ठीक/बेठीक छुट्याउने प्रश्नहरु मिश्रीत रुपमा सोधिन्छन् । वहुवैकल्पीक प्रश्नका उत्तरकालागि धेरै वटा विकल्पमध्ये एउटा सही उत्तर छान्नु पर्दछ । ठीक वा बेठीक छुट्याउने प्रश्नमा चाहि हामी एउटा कथन दिन्छौँ र तपाईहरुले आफ्नो सिकाईका आधारमा उक्त कथन ठीक वा बेठिक भएको पहिचान गर्नुपर्दछ । नमुना प्रश्नहरुकालागि नमुना पाठयक्रम सामाग्री पृष्ठ हेर्नुहोला ।

प्र. परीक्षामा के कस्ता सामाग्रीहरू समेटिने छन् ?

प्रत्येक खण्डमा हामी तपाईलाई पढ्नकालागि पृष्ठहरु दिन्छौँ र तिनै पृष्ठहरुबाट प्रश्नहरु निकाल्छौँ । न त पढ्न दिइएका पृष्ठमध्ये “निवेदन” वा “अन्य अध्ययनकालागि” भन्ने खण्डबाट प्रश्न सोधिने छैनन् न त टिप्पणी अध्ययन पाठ भन्दा वाहिरका अन्य कुनै पाठ्य सामग्रीबाट प्रश्नहरु सोधिने छन् । विस्तृत परीक्षाले पाँचवटा खण्ड परीक्षाका सामाग्रीहरूलाई नै समेट्छ ।

प्र. परिक्षाको परिणाम कहिले प्राप्त हुने छ ?

परीक्षा सकिए पछि “जवाफ पेस” मा क्लिक गर्ने वित्तिकै तपाईले आफ्नो ग्रेडीङ्ग प्राप्त गर्नुहुनेछ ।

प्र. म आफूले छोडेको परिक्षाको प्रश्न हेर्न पाउँछु ?

हो, हामी तपाईले कुन प्रश्नहरु छुटाउनु भएको छ भन्ने कुरा थाह पाउँछौ । यो तपाईकालागि सिक्ने ठुलो अवसर हो । पाठमा उत्तर भेटिन सक्ने सम्भाव्य ठाउँमा पुन अध्ययन गरी यो अवसरको प्रयोग गर्नुहोस् । यस्ता वृहत पाठमा एउटै प्रश्न पुन आउनसक्छन् भन्ने कुरा पनि नविर्सनुहोस् ।

प्र. परिक्षाको समय सीमा हुन्छ ?

हुँदैन । प्रत्येक प्रश्न राम्ररी बुझ्न समय लिनुहोस् ।

प्र. मलाई यो परिक्षाको लागि तयार हुन सहयोग गर्ने अध्ययन गाइड उपलब्ध हुनेछ ?

हुनेछ। तपाईले यस परीक्षाकाबारेमा थाहा पाउनु पर्ने नियम र अवधारणाहरु समाबेश गरिएका पाँच अध्ययन निर्देशिका छन् । यस वृहत परीक्षाको तयारी गर्न तपाईले पाँचै निर्देशिकाको अध्ययन गर्नु पर्दछ । नमुना अध्ययन निर्देशिकाकोलागि नमुना पाठयक्रम सामाग्री हेर्नुहोला ।

प्र. परिक्षा दिँदा म आफ्नो बाइबल, टिपोट वा अन्य सहयोगको प्रयोग गर्न सक्छु ?

अँह, टेष्ट शुरु हुनु भन्दा पहिले नै आफ्नो वाईवल, नोट तथा अन्य पाठ्य सामाग्री बाहिरै राख्नु पर्दछ ।

प्र. अर्को खण्डमा बढुवा हुनका लागि मैले परिक्षामा कति अंक ल्याउनु पर्छ ?

कोर्सको अर्को खण्डमा प्रवेश गर्नकालागि विद्यार्थिहरुले यस खण्डमा कम्तिमा ७० प्रतिशत अंक हाँसिल गर्ने पर्दछ । हाम्रो विद्यालयको उद्देश्य भनेकै विद्यार्थिले राम्ररी पाठ सिक्न सके उसले अझ अगाडी पढ्ने मौका पाउँछ र ७०% भन्दा तल अंक हाँसिल गरे पुन परीक्षा दिनुपर्दछ भन्ने हो । हरेक पटक तपाईले परीक्षा दिदाँ प्रश्नहरु अनियमितरुपमा छनौट भएका हुन्छन् । तसर्थ पहिलो पटक दिएको भन्दा पछिल्ला परीक्षामा केही प्रश्नहरु फरक हुन सक्छन् । कोर्षको अर्को खण्डमा प्रवेश गर्नकालागि तपाईले चाहे जति पटक परीक्षा दिन पाउनु हुनेछ । तर हामी तपाईलाई कडा मेहनत गरेर पहिलो पटकको परीक्षा मै उत्तिर्ण हुन सल्लाह दिन्छौँ किनकी तपाईले परीक्षा उत्तिर्ण गर्न कति पटक लगाउनुभयो भनि हाम्रो सिस्टमले रेकर्ड राख्दछ । स्मरण रहोस्, एक पटक कम्तिमा ७० % अंक ल्याएर उत्तिर्ण भइसके पछि भने तपाईले पुन विस्तृत परीक्षा दिन पाउनु हुने छैन ।

प्र. म आफूले ७०% वा सो भन्दा बढी अंक ल्याएर उतीर्ण भए पछि परिक्षा फेरि दिन सक्छु ?

सक्नुहुन्न । तपाईले ७० % अंक ल्याएर उतिर्ण गरे पछि त्यसैलाई निर्णीयक अंक मानिनेछ।

प्र. मैले विस्तृत परिक्षा फेरि दिन के गर्नु पर्छ ?

पाठ राम्रो जान्नुहोस् भनि सहयोग गर्न हामी तपाईलाई पाँच पटक सम्म पुन परीक्षा दिने मौका दिन्छौँ । तत्पश्चात पनि तपाईले ७०% भन्दा कम अंक प्राप्त गरे तपाईले अर्को वृहत परीक्षा दिन पाउनु हुने छैन । यो अन्तिम परीक्षा तपाईले अहिले सम्म कोर्सको कति ज्ञान हाँसिल गर्नुभयो भनि मुल्यांकन गर्न सही माध्ययम हो ।

प्र. परिक्षा दौरान कम्पुटर वा इन्टरनेटले काम गरेन भने के हुन्छ ?

समस्या समधान हुने वित्तिकै तपाईले परीक्षा सुचारु गर्न सक्नु हुनेछ । तपाईको इन्टरनेट अवरुद्ध छ भने तपाईले अफलाईन रहेर परीक्षा दिई इन्टरनेट सुचारु भए पछि आफ्ना जवाफ पेश गर्न सक्नु हुनेछ ।

 


प्राविधिक प्रश्नहरू

प्र. यो वेबसाइट प्रयोग गर्न कम्प्युटरमा के कस्ता न्युनत्तम क्षमताहरू हुनु पर्छ ?

हाम्रो वेबसाइट गुगल, क्रोम, फायरफक्स, इन्टरनेट एक्सप्लोरर, ओपेरा वा सफारी जस्ता कम्तिमा तिन नयाँ प्रमुख व्राउजरहरूमा खोल्न मिल्ने गरेर डिजाइन गरिएको छ । तपाईको कम्प्यूटरमा यि मध्ये कुनै एक व्राउजर चल्छ भने तपाईको यो अनलाईन स्कुलमा भर्ना हुन पहुँच पुग्छ । साधारण सुचककालागि, तपाईले यस साईटमा राखिएका सार्वजानिक पेजहरु हेर्न सक्षम हुनुहुन्छ, नमुना पाठयक्रम सामाग्री पृष्ठ हेर्न र डाउनलोड गर्न सक्षम हुनुहुन्छ भने तपाई आफ्नो कम्प्युटर मार्फत यो अनलाईन स्कुलमा भर्ना हुने पहुँच भित्र हुनुहुन्छ ।

प्र. आफू इन्टरनेट नभएको ठाँउमा हुदा पनि म अध्ययन गर्न सक्छु ?

फाईल डाउनलोड गर्न, परीक्षा दिन र पाठ्यक्रमलाईअगाडि बढाउन तपाईलाई इनटरनेट कनेक्सन आवश्यक पर्छ । तपाईको प्राय समय पाठ्य सामाग्री अध्ययन र परीक्षाको तयारीमा वित्छ । निश्चित खण्डका पाठ्य सामाग्री तथा अध्ययन निर्देशिका एक पटक डाउनलोड गरिसके पछि यो काम अफलाईन नै वसेर पनि गर्न सकिन्छ ।

प्र. थ्रु द स्क्रिप्चर्सले सँग अध्ययन गर्न म आफ्नो ट्याबलेट वा मोबाइल फोन पनि प्रयोग गर्न सक्छु ?

हाम्रो वेवसाईट एन्ड्रोइड र आईओएस जस्ता कम्तिमा तिन नयाँ प्रमुख मोवाईल अपरेटिङ्ग सिस्टम सँग सन्तुलन गरेर डिजाइन गरिएको छ । यसका अतिरिक्त पीडिएफ फाईल हेर्न तपाईलाई यसका विभिन्न एप्स पनि चाहिन्छन् । कतिपय यस्ता एप्स निशुल्क उपलव्ध छन् । यदि तपाईको स्मार्टफोन वा ट्याव्लेटलमा यस्ता योग्यता छन् भने तपाई यो अनलाईन स्कुलको प्रयोग गर्न सक्षम हुनुहुन्छ । साधारण सूचककालागि, तपाईले आफ्नो उपकरण प्रयोग गरी यस साईटमा राखिएका सार्वजानिक पेजहरु हेर्न सक्षम हुनुहुन्छ, नमुना पाठयक्रम सामाग्री पृष्ठ हेर्न र डाउनलोड गर्न सक्षम हुनुहुन्छ भने तपाई आफ्नो उपकरण मार्फत यो अनलाईन स्कुलमा भर्ना हुने पहुँच भित्र हुनुहुन्छ ।

प्र. म आफ्नो खातामा रहेको मेरो पासवर्ड वा इमेल ठेगाना कसरी बदल्न सक्छु ?

आफ्नो इमेल ठेगाना वा पासवर्ड परिवर्तन गर्न यहाँ क्लिक गर्नुहोस् ।

प्र. म अध्ययन पाठ देख्न सकिरहेको छुइन वा पाठ सही रूपले देखिएको छैन ? यस्तो अवस्थामा मैले अब के गर्नुपर्छ ?

डीजिटल पाठ्य सामाग्रीहरु पिडिएफ फम्र्याटमा उपलव्ध हुन्छन् । यी फाईलहरु खोल्नकालागि तपाईसँग पिडिएफ रिडर हुनै पर्दछ । पिडिएफ फाईल खोल्न समस्या भए वा पाठलाई सेता वाकसले पुरेको जस्तो डिस्प्लेमा  केही समस्या आईपरे तपाईलाई एडप रिडरको नयाँ संस्करण यहाँ बाट डाउनलोड गर्न हामी सल्लाह दिन्छौ ।

प्र. वेवसाइटले सही काम गरिरहेको छैन । मैले अब के गर्नु पर्छ ?

सर्वप्रथम तपाई गुगल क्रोम, फायस फक्स, सफारी वा ओपेराको नयाँ संस्करण चलाईरहनु भएको छ छैन निश्चित गर्नुहोस् । यदि समस्या आईपरे, कृपया हाम्रो सहायता पेजमा उक्त समस्या रिपोर्ट गर्नुहोस् । कृपया समस्या रिपोर्ट गर्दा तोकेर गर्नुहोस् । तपाईले प्रयोग गरिरहनुभएको ब्राउजरको संस्करण, कम्प्युटरको अपरेटिङ्ग सिस्टम (उदाहरणका लागि, विन्डोज 8 वा म्याक ओएस १०.१० योजमाइट), समस्याग्रस्त पेजको वेव ठेगाना, समस्याको विवरण र समस्या आउन तपाईले गरेको कार्यको विवरण पनि समावेश गर्नुहोस् ।

प्र. मेरो व्यक्तिगत सूचना सुरक्षित छ ?

हामी तपाईको व्यक्तिगत जानकारी सुरक्षित छ भनि सुनिश्चित गर्न हरेक उपाय अपनाउँछौँ । हाम्रो वेबसाइटसँगको तपाईंको कम्प्यूटरको डाटा कनेक्सन एसएसएल् प्रविधिद्धारा सुरक्षित गरिएको छ । तपाईको वित्तिय सुचना हाम्रो सर्वरमा कहिले पनि भण्डारण हुँदैन र तपाईको भुक्तानी एक विश्वसनीय उद्योग स्ट्याण्डर्ड भएको भुक्तानी प्रोसेसरद्धारा सम्हालिने छ ।

 


सहायता प्रश्नहरू

प्र. म आफूले शुरू गरेको पाठ्यक्रम कसरी फेरि शुरू गर्न सक्छु ?

यदि तपाईले अझै लग इन गर्नुभएको छैन भने, यस वेवपेजको दायाँ भागको सिरानमा अवस्थीत लग इन लिंक मार्फत गर्नुहोस् वा पहिला नै लग इन गर्नुभएको भए यस वेवपेजको सिरानमा अवस्थीत मेरो खाता मा क्लिक गर्नुहोस् । मेरो खाता पेजको रातो वटन क्लिक गर्नुहोस् जसले कोर्स निरन्तर वताउँछ । यसले तपाईलाई वर्तमान कोर्सको पहिलो पृष्ठमा पुर्याउँछ । त्यहाँदेखि तपाईले जहाँ छोड्नु भएको त्यहाँ पुग्ने कदम रोज्न सक्नुहुनेछ ।

प्र. म आफूले पहिला नै पूरा गरेको पाठ्यक्रम फेरि पढ्न सक्छु ?

सक्नुहुन्न । यद्यपी तपाईले पहिले नै सिकेका कुरा पुनर्ताजकी गर्नकालागि अध्ययनका पाठ दोहो¥याउन तपाईलाई प्रोत्साहित गर्दछौँ ।

प्र. मैले अध्ययन पाठको डिजिटल प्रति हराएँ ? म अर्को प्रति कसरी डाउनलोड गर्न सक्छु ?

पाठ्यक्रममा नयाँ भर्ना भए यता तपाईलाई सवै पाठ्यक्रम सामाग्रीहरूमा पूर्ण पहुँच हुन्छ । आफ्नो वर्तमान पाठ्यक्रमकालागि तपाईले सुरुवात पृष्ठबाट फेरी अध्ययन पाठ डाउनलोड गर्न सक्नुहुनेछ । डाउनलोड गरिएका फाइलहरु कम्प्यूटरमा सुरक्षीतसाथ राख्न निश्चित हुनुहोस् जसले गर्दा ति फाईलहरुमा म्याद नागेपछि पनि तपाईको पहुँच पुगोस् । कम्प्युटरमा आईपर्ने दुर्घटनाबाट बचाउन यसका प्रतिलिपीहरु राख्न पनि हामी सल्लाह दिन्छौँ ।

प्र. मैले अध्ययन पाठको डिजिटल प्रति हराएँ अनि पाठ्यक्रम माथिको मेरो पहुँच समाप्त भएको छ ? म अर्को प्रति कसरी डाउनलोड गर्न सक्छु ?

पाठ्यक्रमको म्याद सकिएपछि फेरी पाठ्य सामाग्री पाउने एउटै  बाटो भनेकोे सानो शुल्क तिरेर पाठ्यक्रम नविकरण गर्नु हो । मेरो खाताबाट यो काम गर्न सक्नु हुनेछ । यदि तपाई अहिले अर्कै पाठ्यक्रममा भर्ना हुनुभएको छ भने अर्को पाठ्यक्रमको नविकरण गर्नु अघि उक्त पाठ्यक्रम सक्नै पर्दछ किनकी तपाईले एक पटकमा एउटा पाठ्यक्रममा मात्र भर्ना गर्न सक्नु हुन्छ । तपाईको पाठ्यक्रम नविकरण भैसकेपछि तपाईलाई डाउनलोड गर्न आवश्यक पर्ने जुनसुकै पेजमा जान सक्नु हुनेछ ।

प्र. मैले आफ्नो पासवर्ड बिर्सिएँ । म आफ्नो खातामा फेरि कसरी जान सक्छु ?

तपाईले यहाँ बाट आफ्नो पासवर्ड रिसेट गर्न सक्नुहुनेछ । एकपटक तपाईले इमेल ठेगाना वा प्रयोगकर्ताको नाम प्रविष्ट गरेपछि हामी तपाईलाई पासवर्ड रिसेट गर्ने लिंक इमेल गरीदिन्छौँ ।

प्र. मसँग अहिले आफूले खाता खोल्दा प्रयोग गरेको इमेल खाता माथिको पहुँच छैन । म आफ्नो खातामा फेरि कसरी जान सक्छु ?

यदि तपाईसँग आफ्नो पुरानो इमेल खाता नभएको खण्डमा समेत तपाईले आफ्नो पुरानो इमेल ठेगाना प्रयोग गरेर वेवसाईटमा लग इन गर्न सक्नु हुनेछ । नयाँ इमेल ठेगाना राख्न मेरो खाता पृष्ठको पासवर्ड र खाता विवरण सम्पादन छान्नुहोस् । त्यसपछि तपाईले नयाँ इमेल ठेगाना प्रयोग गरेर वेवसाईटमा लग इन गर्न सक्नु हुनेछ ।

प्र. म आफ्नो खाता अन्य कोही व्यक्तिसँग आदान-प्रदान गर्न सक्छु ?

अहँ, हरेक व्यक्तिको आफ्नै खाता चाहिन्छ ।

प्र. म आफ्नो खाता अन्य व्यक्तिलाई हस्तान्तरण गर्न सक्छु ?

सक्नुहुन्न । हरेक व्यक्तिको आफ्नै खाता चाहिन्छ ।

प्र. म कहाँ समर्थन प्राप्त गर्न सक्छु ?

आफ्ना जिज्ञासाका उत्तरहरु वारम्वार सोधिने प्रंश्नहरुको सँगालोमा खोज्नुहोस । तपाईको जिज्ञासाको उत्तर हामीले पहिला नै दिईसकेके पनि हुनसक्छ । यदि तपाई टिटिएस् स्कुल वा अध्यन समुहको भाग हुनुहुन्छ भने समुहको डिन वा अन्य समुहका अन्य सदस्यहरुबाट सहयोग लिन सक्नु हुन्छ । अन्य सहयोगको लागि हामीलाई सहायता पेज मार्फत सम्पर्क गर्नुहोस् । विशेष गरी अंग्रजी भन्दा अन्य भाषामा लेखेका सवालका जवाफकालागि तपाईले निकै दिन पर्खनुपर्नेछ ।