१ र २ थिस्सलोनियन्स

पावलले थेसलोनिकीहरूलाई लेखेको पत्र, विश्‍वासमा अगुवाइको खाँचो परेका नयाँ विश्‍वासीहरूलाई सम्‍बोधन गरिएको व्यक्तिगत पत्रहरू हुन्। ख्रीष्‍टको आगमन, अन्त्यको समय, र मण्डलीका अन्य धर्मशास्‍त्रीय विषयहरूलाई पावलले प्रस्तुत गरेका छन्। अर्ल डि. एड्वार्डस् (Earl D. Edwards) ज्यूले पाठकहरूलाई यी विषयहरूमा गहन अध्ययनतर्फ डोर्‍याउनुहुन्छ, र दैनिक व्यवहारमा लागू हुने प्रयोगहरू प्रस्तुत गर्नुहुन्छ। थेसलोनिकीका पत्रहरू सम्‍बन्धी कुनै पनि व्यक्तिगत वा सामूहिक बाइबल अध्ययनलाई यसले फलवन्त तुल्याउनेछ।


कोर्समा के के हुन्छ ?

यो 50 दिने कोर्समा तपाईंलाई चाहिने सबै चिज हुन्छ । तपाईंलाई यो कोर्स पूरा गर्ने अधिक समय चाहिएमा तपाईं आफ्नो कोर्स अवधि अरितिक्त 30 दिन बढाउन सक्नुहुन्छ । केही नमूना कोर्स सामाग्रीहरू हेर्न यहाँ क्लिक गर्नुहोस् ।

डिजिटल पुस्तक

१ र २ थेसलोनिकी द्वारा लेखिएको पुस्तक अर्ल डि. एड्वार्डस् (Earl D. Edwards) पाठ्यक्रमको लागि तपाईको शिक्षक बन्नेछ र पाठ्यक्रम सकिएपछि तपाईले त्यसलाई राख्न सक्नु हुन्छ ।

पाँच अध्ययन गाइड

तपाईंलाई पढ्दा ध्यान दिनु पर्ने मुख्य शब्द, अवधारणा, मान्छे तथा स्थानहरू प्रदान गरेर यिनले तपाईंलाई परीक्षाको लागि तयार हुन सहयोग गर्नेछन् ।

छ वटा परीक्षाहरू

व्यवधान सृजना गर्न नभएर तपाईंलाई सहयोग गर्ने हिसावले निर्माण गरिएका प्रत्येक परीक्षामा तपाईंले सिकाइएको कुरा बुझ्नु भएको छ भन्ने कुरा सुनिश्चित गर्ने प्रयोजनका लागि तोकिएका पठनबाट झिकिएका पचास वटा प्रश्नहरू हुन्छन् । अन्तिम परिक्षण विस्तृत हुन्छ ।

पठन गति गाइड

आफ्नो पठन गति गाइडको सहायताले आफ्नो पठन तालिकामा उल्लेखित भन्दा बढी पढ्नुहोस् । यो गाइडले तोकिएको समयमा कोर्स पूरा गर्न तपाईंले प्रत्येक दिन पढ्नु पर्ने पृष्ठहरूको बारेमा तपाईंलाई बताउने छ ।

अध्ययन सहायता

यो पाठ्यक्रम तपाईलाई सहयोग गर्ने अतिरिक्त अध्ययन सामाग्री सहित उपलब्ध हुनेछ ।