१ कोरिन्थी

पहिलो शताब्दीको कोरिन्थका इसाईहरूलाई लेखिएको यस पत्रमा, त्यस्ता धेरै प्रश्‍नहरूलाई सम्‍बोधन गरेका छन्, र लगभग तिनै प्रश्‍नहरूले आजको मण्डलीलाई पनि समस्यामा परिरहेको छ। डुअने वार्डेन (Duane Warden) ले एक-एक पद गरी अघि सार्नुभएका यस अध्ययनले बाइबलीय पुस्तकका कठिन समस्याहरूलाई खोजतलास गर्छ र हाम्रो आफ्‍नै समयको लागि इसाई जीवन कसरी जिउनुपर्छ भन्‍ने कुराबारे व्यवहारिक ज्ञान प्रस्तुत गर्छ।

विभाजन, अनैतिकता, सैद्धान्तिक अन्यौलता, र सांसारिकपनले यस मण्डली झुण्डलाई ग्रस्त बनाएको थियो; र तिनीहरूको विवादको एउटा जरा—घमण्ड—आज पनि हाम्रो माझमा यथावत् छ। यी समस्याहरूलाई जित्‍नको लागि चाहिने चावी, “अमूर्तदेखि मूर्तमा परिवर्तन गरिएको” प्रेम नै हो भन्‍ने कुरा पावललाई थाहा थियो। १३ पदमा उनले दिएको उत्कृष्ट र परिचित छलफलमा, प्रेमद्वारा साँचो रूपमा उत्प्रेरित भएका ख्रीष्टका जनहरूले अरूप्रति कस्तो व्यवहार गर्नुपर्छ भन्‍ने कुरालाई प्रेरितले परिभाषित र व्याख्या गरेका छन्। यस खण्डमा सिकाइएका सिद्धान्तहरूलाई आजका इसाईहरूले पालन गरेमा, धेरै समस्याहरू समाधान हुनेछन् र येशूले जुन मण्डलीको कल्‍पना गर्नुभएको थियो र जुन मण्डलीलाई बचाउनको लागि आफ्‍नो जीवन दिनुभयो, मण्डली त्यस्तै हुनेछ।


कोर्समा के के हुन्छ ?

यो 50 दिने कोर्समा तपाईंलाई चाहिने सबै चिज हुन्छ । तपाईंलाई यो कोर्स पूरा गर्ने अधिक समय चाहिएमा तपाईं आफ्नो कोर्स अवधि अरितिक्त 30 दिन बढाउन सक्नुहुन्छ । केही नमूना कोर्स सामाग्रीहरू हेर्न यहाँ क्लिक गर्नुहोस् ।

डिजिटल पुस्तक

१ कोरिन्थी द्वारा लेखिएको पुस्तक डुअने वार्डेन (Duane Warden) पाठ्यक्रमको लागि तपाईको शिक्षक बन्नेछ र पाठ्यक्रम सकिएपछि तपाईले त्यसलाई राख्न सक्नु हुन्छ ।

पाँच अध्ययन गाइड

तपाईंलाई पढ्दा ध्यान दिनु पर्ने मुख्य शब्द, अवधारणा, मान्छे तथा स्थानहरू प्रदान गरेर यिनले तपाईंलाई परीक्षाको लागि तयार हुन सहयोग गर्नेछन् ।

छ वटा परीक्षाहरू

व्यवधान सृजना गर्न नभएर तपाईंलाई सहयोग गर्ने हिसावले निर्माण गरिएका प्रत्येक परीक्षामा तपाईंले सिकाइएको कुरा बुझ्नु भएको छ भन्ने कुरा सुनिश्चित गर्ने प्रयोजनका लागि तोकिएका पठनबाट झिकिएका पचास वटा प्रश्नहरू हुन्छन् । अन्तिम परिक्षण विस्तृत हुन्छ ।

पठन गति गाइड

आफ्नो पठन गति गाइडको सहायताले आफ्नो पठन तालिकामा उल्लेखित भन्दा बढी पढ्नुहोस् । यो गाइडले तोकिएको समयमा कोर्स पूरा गर्न तपाईंले प्रत्येक दिन पढ्नु पर्ने पृष्ठहरूको बारेमा तपाईंलाई बताउने छ ।