ख्रीष्‍टको जीवन, १

सुसमाचारका पुस्तकहरूको अध्ययनका निम्ति प्रत्येक इसाई जोशिलो हुनुपर्छ। येशूको जीवनका घटनाहरूलाई ती घटनाहरू घटेको समयक्रम अनुसार नै राखी, डेभिड एल. रोपर (David L. Roper) ले, येशूको जीवनको लिखित हरेक पक्षलाई अवलोकन गर्ने, उहाँका वचनहरू, कुराकानी, र कार्यहरूलाई दैनीक जीवनमा लागू गर्ने हिसाबले समावेश गर्दै पाठकहरूलाई ख्रीष्‍टले जिउनुभएको जस्तै जीवन जिउन चुनौती दिने एउटा सिकाई यात्रामा हामीलाई लैजानुहुन्छ। उहाँले प्रस्‍तुत गर्नुभएको प्यालेष्टाइनको भूगोल, यसका मानिसहरूको चालचलन अनि रितिथिति, र येशूको जीवनसँग सम्‍बन्धित मानिसहरूको विभिन्‍न समूहहरूको शब्‍द-चित्रहरूद्वारा रोपर ज्यूले हाम्रो हृदयमा ख्रीष्‍टको जीवनलाई ज्‍वलन्त पार्नुहुन्छ। ख्रीष्‍टले पिताबाट हामीमाझ ल्याउनुभएको सन्देशलाई मात्र होइन, तर उहाँको जीवनलाई तय गर्ने दृश्यहरू र आवाजहरू, धुलो अनि जीवनका हरेक परिस्थितिहरू, दिन र रातहरूलाई समेत यस पाठ्यक्रमले हामीमाझ ल्याउँदछ। यो पाठ्यक्रमको पुस्तक र यसपछिको पुस्तकलाई ध्यानपूर्वक पढिसक्‍ने कुनै पनि व्यक्ति, उस्तै व्यक्ति रहनेछैन। येशूसँग उहाँका शिक्षाहरू सुन्दै, उहाँका पालाका मानिसहरूसँग उहाँले गर्नुभएको कुराकानी तथा व्यवहारलाई हेर्दै उहाँसँगै हिँडेर, र उहाँको मृत्यु र पुनरुत्थानको साक्षी भइसकेपछि, को व्यक्ति परिवर्तनविहीन भई रहन सक्‍ला र!


कोर्समा के के हुन्छ ?

यो 50 दिने कोर्समा तपाईंलाई चाहिने सबै चिज हुन्छ । तपाईंलाई यो कोर्स पूरा गर्ने अधिक समय चाहिएमा तपाईं आफ्नो कोर्स अवधि अरितिक्त 30 दिन बढाउन सक्नुहुन्छ । केही नमूना कोर्स सामाग्रीहरू हेर्न यहाँ क्लिक गर्नुहोस् ।

डिजिटल पुस्तक

ख्रीष्‍टको जीवन, १ द्वारा लेखिएको पुस्तक डेभिड एल. रोपर (David L. Roper) पाठ्यक्रमको लागि तपाईको शिक्षक बन्नेछ र पाठ्यक्रम सकिएपछि तपाईले त्यसलाई राख्न सक्नु हुन्छ ।

पाँच अध्ययन गाइड

तपाईंलाई पढ्दा ध्यान दिनु पर्ने मुख्य शब्द, अवधारणा, मान्छे तथा स्थानहरू प्रदान गरेर यिनले तपाईंलाई परीक्षाको लागि तयार हुन सहयोग गर्नेछन् ।

छ वटा परीक्षाहरू

व्यवधान सृजना गर्न नभएर तपाईंलाई सहयोग गर्ने हिसावले निर्माण गरिएका प्रत्येक परीक्षामा तपाईंले सिकाइएको कुरा बुझ्नु भएको छ भन्ने कुरा सुनिश्चित गर्ने प्रयोजनका लागि तोकिएका पठनबाट झिकिएका पचास वटा प्रश्नहरू हुन्छन् । अन्तिम परिक्षण विस्तृत हुन्छ ।

पठन गति गाइड

आफ्नो पठन गति गाइडको सहायताले आफ्नो पठन तालिकामा उल्लेखित भन्दा बढी पढ्नुहोस् । यो गाइडले तोकिएको समयमा कोर्स पूरा गर्न तपाईंले प्रत्येक दिन पढ्नु पर्ने पृष्ठहरूको बारेमा तपाईंलाई बताउने छ ।

अध्ययन सहायता

यो पाठ्यक्रम तपाईलाई सहयोग गर्ने अतिरिक्त अध्ययन सामाग्री सहित उपलब्ध हुनेछ ।