कलस्सीयन्स र फिलेमोन

कलस्सीको पुस्तकमा मिश्रित र विविध समाजको लागि महत्त्वपूर्ण शिक्षाहरू समावेश छ। कलस्‍सेको मण्डली वृद्धि हुन थालेपछि, इसाईहरूका रूपमा आफ्‍नो पहिचान अनि परमेश्‍वरसँगको तिनीहरूको सम्बन्धहरूलाई बुझ्‍ने कुरामा चुनौतीहरूको सामना यसका सदस्यहरूले गरे। कलस्सीहरू र फिलेमोनलाई पावलले लेखेको पत्रले धर्मशास्‍त्रीय सत्यताहरू र विश्‍वास सम्‍बन्धी व्यवहारिक समस्याहरूलाई सम्‍बोधन गर्छ। यी विषयहरू जुनसुकै समयमा लागू हुन्छन्, र यी पुस्तकहरूको गहन अध्ययन जीवन परिवर्तन गर्ने अनुभव हुनसक्छ।


कोर्समा के के हुन्छ ?

यो 50 दिने कोर्समा तपाईंलाई चाहिने सबै चिज हुन्छ । तपाईंलाई यो कोर्स पूरा गर्ने अधिक समय चाहिएमा तपाईं आफ्नो कोर्स अवधि अरितिक्त 30 दिन बढाउन सक्नुहुन्छ । केही नमूना कोर्स सामाग्रीहरू हेर्न यहाँ क्लिक गर्नुहोस् ।

डिजिटल पुस्तक

कलस्सी र फिलेमोन द्वारा लेखिएको पुस्तक ओवेन डि. ओल्ब्रिच्ट (OWEN D. OLBRICHT)ब्रूस म्याकलर्टी (Bruce McLarty) पाठ्यक्रमको लागि तपाईको शिक्षक बन्नेछ र पाठ्यक्रम सकिएपछि तपाईले त्यसलाई राख्न सक्नु हुन्छ ।

पाँच अध्ययन गाइड

तपाईंलाई पढ्दा ध्यान दिनु पर्ने मुख्य शब्द, अवधारणा, मान्छे तथा स्थानहरू प्रदान गरेर यिनले तपाईंलाई परीक्षाको लागि तयार हुन सहयोग गर्नेछन् ।

छ वटा परीक्षाहरू

व्यवधान सृजना गर्न नभएर तपाईंलाई सहयोग गर्ने हिसावले निर्माण गरिएका प्रत्येक परीक्षामा तपाईंले सिकाइएको कुरा बुझ्नु भएको छ भन्ने कुरा सुनिश्चित गर्ने प्रयोजनका लागि तोकिएका पठनबाट झिकिएका पचास वटा प्रश्नहरू हुन्छन् । अन्तिम परिक्षण विस्तृत हुन्छ ।

पठन गति गाइड

आफ्नो पठन गति गाइडको सहायताले आफ्नो पठन तालिकामा उल्लेखित भन्दा बढी पढ्नुहोस् । यो गाइडले तोकिएको समयमा कोर्स पूरा गर्न तपाईंले प्रत्येक दिन पढ्नु पर्ने पृष्ठहरूको बारेमा तपाईंलाई बताउने छ ।

अध्ययन सहायता

यो पाठ्यक्रम तपाईलाई सहयोग गर्ने अतिरिक्त अध्ययन सामाग्री सहित उपलब्ध हुनेछ ।