हाम्रा लेखकका बारेमा

 


इडी क्लोयर

इडीले सर्सी, अर्कान्ससको हार्डिंग विश्वविद्यालय, ओक्लाहोमा शहरको ओक्लाहोमा क्रिश्चियन विश्वविद्यालय र टेनेसी, मेम्फिसको धर्मको हार्डिंग स्नातकोत्तर विश्वविद्यालयमा अध्ययन पूरा गरे । उनले बि.ए., एम.टिएच., र डि.मिन. को उपाधि हासिल गरेका छन् । उनको स्रोत प्रबन्ध सुसमाचार प्रचारको बारेमा केन्द्रित छ । पन्ध्र वर्षको उमेरमै प्रचारमा लागेर उनले क्ल्यार्स्कभिले, हट स्प्रिंग, र ब्लाथिभिल्ले, अर्कान्ससको मण्डलीहरूमा सेवा दिएर यशुका उपदेशहरू चालीस वर्ष सम्म प्रचार गरेका छन् । उनले संयुक्त राज्य अमेरिकाका पैँतीसवटा राज्य र इङ्गल्यान्ड, सिंगापुर, युक्रेन, र भारत सहित अरू थुप्रै देशहरूमा ८५० वटा भन्दा बढी गोस्पेल भेलामा उपदेश दिएका छन् । क्लोयर हार्डिंग विश्वविद्यालयमा बाइबल र उपदेशमूलक कक्षा पढाउ छन् । क्लोयरले १९८१ देखि प्रचारक र शिक्षकहरूका लागि तयार गरिएको मासिक प्रकाशन, ट्रु्थ फर टुडे सम्पादन तथा प्रकाशन गर्दै आएका छन् । १९९० मा हस्टन, टेक्सासको विश्व बाइबल विद्यालय शिक्षक तथा यशुको च्याम्पियन्स चर्चको सहयोगमा उनले ट्रुथ फर टुडे सुरु गरेका हुन् । यसमा गरिएको बाइबलको वर्णनात्मक अध्ययनले १४० वटा भन्दा धेरै देशमा रहेका प्रचारक तथा शिक्षकहरूलाई सहयोग पुर्याइरहेको छ ।
इडी क्लोयर

सेलेर्स एस. क्रेन, जुनियर

डा. सेलर्स एस. क्रेन, जुनियरले ५० वर्ष देखि पढाउँदै र उपदेश दिँदै आइ रहेका छन् र उनले लुइसियाना, अलबामा, केन्टकी, र टेनेसीमा रहेका मण्डलीहरूमा सेवा पुर्याएका छन् । अलबामाको एथेन्स राज्य विश्वविद्यालयबाट स्नातक उतिर्ण गरेर उनले धर्मको अलबामा क्रिश्चियन विश्वविद्यालय (अहिलेको एमरिज विश्वविद्यालय) र लुथर राइस सेमिनरीबाट स्नातकोत्तरको उपाधि हासिल गरेका हुन् । उनेले डियरफिल्ड, इलिनोइसको ट्रिनिटी एभान्जेलिकल डिभिनिटी (अहिलेको ट्रिनिटी अन्तर्राष्ट्रीय विश्वविद्यालय) बाट डि.मिन. को उपाधि आर्जन गरे । अलबामा, ग्युनको विश्व इंजीलवाद विद्यालय, टेनेसी र म्याडिसनको मध्य-दक्षिण बाइबलीय अध्ययन विद्यालयमा निर्देशकको रूपमा काम गर्दै उनले टेनेसी सार्वजनिक विद्यालय प्रणाली र बाइबलीय अध्ययनका अरू थुप्रै विद्यालयहरूमा शिक्षक रहँदै आएका छन् । उनले युक्रेन, ग्रिस, पेरू र पानमामा पनि पढाएका छन् र एघारवटा देशमा मिशन यात्रामा गएका छन् । सफल लेखकको रूपमा क्रेनले १,५०० लेख र सैँतीसवटा पाठ्यक्रमका पुस्तकहरू लेखेका छन् । उनका लेखहरू गोस्पेल एडभोकेटपावर फर टुडे सहित अन्य थुप्रै पत्रिकाहरूमा छापिएका छन् । उनले पाँच वर्षको लागि वयस्क पाठको वार्षिक समीक्षा, गोस्पेल एडभोकेट कम्पानियन पनि लेखेका छन् । उनले विश्व इंजीलवादीका लागि बोर्डमा बसेर काम गरेका छन् र २१ औ शताब्दी क्रिश्चियनका लागि कनिष्ठ र वरिष्ठ उच्च बाइबल कक्षाका सामाग्रीहरू सम्पादन गरेका छन् ।

यसका अतिरिक्त उनले धेरै व्याख्यान, गोस्पेल भेला तथा विशेष कार्यक्रमहरूमा वक्तव्य दिएका छन् । उनका पाठहरू रेडियो र टेलिभिजन कार्यक्रमहरूमा पनि प्रसारण भएका छन् ।

सेलर्स १९६१ मा वान्डासँग विवाहित जीवनमा बाँधिए । उनिहरूका तिन छोरा छोरी र चार नाति नातिना छन् ।

सेलेर्स एस. क्रेन, जुनियर

इर्ल डि. इडवर्डस्

इर्ल डि. इडवर्डस्ले आफ्नो जीवन परमेश्वरको सेवाका लागि उपदेश, मिसन, छात्रवृतीमा समर्पण गरे । उनले सेन्ट्रेल क्रिश्चियन कलेजमा (अहिलेको ओक्लहोमा विज्ञान र कला क्रिश्चियन विश्वविद्यालय) अध्ययन पूरा गरे र डेभिड लिम्पसन कलेजबाट संचारमा बि.ए. को उपाधि हासिल गरे । उनले हार्डिंग ग्राड्युएट स्कुलबाट एम.टिएच. डिग्री प्राप्य गरे र डि.मिस. डियरफिल्ड, इलिनोइसको ट्रिनिटी इभान्जेलिकल डिभिनिटी स्कूलबाट पूरा गरे । इडवर्डस्ले १९५२ देखि उपदेश दिन सुरु गरे र कान्सस, आर्कान्सस र सिसिली, इटालीमा (१९६०-१९७६) मिनिस्टरको रूपमा सेवा दिए । उनले गोस्पेल एडभोकेटको, स्पिरिच्वल स्वर्ड र अरू थुप्रै आवधिक प्रकाशनका लागि लेख लेखेका छन् । उनी प्रोटेक्टिंग आवर “ब्लाइन्ड साइड” का लेखक हुन् । इडवर्डस्ले हार्डिंग विश्वविद्यालयमा १९७६ देखि १९७७ सम्म मिसनको अतिथि प्राध्यापकको रूपमा पढाए । १९८२ मा उनले फ्रीड-हार्डमेन विश्वविद्यालयमा पढाउन थाले । उनले यहाँ १९९१ देखि १९९३ सम्म बाइबलीय अध्ययन विद्यालयको डीन र १९८९ देखि २००८ सम्म बाइबल अध्ययनमा स्नातकको निर्देशकको रूपमा काम गरेका छन् । धेरै राम्रो पढाए बापत उनलाई धेरै पटक फ्रीड-हार्डमेन द्वारा सम्मान गरिएको छ । ओक्लहोमा क्रिश्चियनले १९८९ मा उनाई बाइबलीय अध्ययनको कलेजका लागि वर्षको भूतपूर्व विद्यार्थी घोषणा गर्यो । २००४ मा उनले वार्षिक फ्रीड-हार्डमेन विश्वविद्यालय लेक्चररशिपमा सराहनीय रात्रिभोजको सम्मान पाए ।

इडवर्डस्ले ग्वेन्डोलिन हलसँग १९८६ मा विवाह गरेका थिए । उनिहरूका दुई जना छोरा छोरी, टेरी र करेन र आठ जना नाति नातिना थिए । ग्वेन्डोलिनको १९८६ मा मृत्यु पश्वात, इडवर्डस्ले १९८८ मा लोरा योङ्गसँग फेरी अर्को विवाह गरे ।

इर्ल डि. इडवर्डस्

विलियम डव्ल्यु ग्रासम

डा.विलियम डव्ल्यु ग्रासम टेक्सस्, क्यालिफोर्निना, एरिजोना, जर्मनी र स्कटल्याण्डमा ६० वर्षदेखि उपदेश दिँदै आईरहेका छन् । उनले सन् १९६२ मा स्नातक तथा १९६८ मा पेपरडाइन विश्वविद्यालयबाट स्नातकोत्तर र सन् १९७५ मा एविलेन्स क्रिष्टियन विश्वविद्यालयबाट एम. डिभ् डिग्री हाँसिल गरेका छन् । कुम्रान समुदायको प्रकृति तथा मृत सागरका स्क्रोलहरु बारेमा सोधकार्य पुरा गरे वापत सन् १९७५ मा स्कटल्याण्डको एवर्डिन विश्वविद्यालयले उनलाई विद्यावारिधिले सम्मान गरेको थियो । सन् १९७५ देखि १९७८ सम्म ग्रासम र उनका परिवार केईसरस्लाउटर्न, जर्मनीमा बसे जहाँ उनले अमेरीकन सैन्य मण्डलीमा उपदेश दिए । आफ्नो शिक्षा पुरा गर्ने सिलसिलामा त्यसपछि उनीहरु स्कटल्याण्डको एवर्डिन तिर लागे । त्यहाँ रहँदा बस्दा उनीहरुले ईश्वरको चर्चको स्थानीय मण्डली स्थापना गर्न सहयोग गरे । ग्रासमले जेरुसेलमको हिवु्र विश्वविद्यालयबाट पोस्ट डक्टरल डिग्री हाँसिल गरे र इज्रायलको टेलडरमा पुरातात्विक उत्खनन्मा साथ दिए । टेक्सासको डल्लासमा अवस्थित क्रिस्चियन शिक्षा केन्द्रमा उनले १५ वर्ष भन्दा वढि समय वाईवलको पुरानो र नयाँ करार एवम धार्मिक कोर्सहरु अध्यापन गरे । उनी सन् २००५ मा सेवा निवृत्त भएता पनि बाईवल, पुरातत्व र पुरानो करारका गोस्पेल जस्ता विषयका सेमिनारहरुमा निरन्तर प्रस्तुतिकरण दिईरहे ।

उनी र उनकी पत्नि एलिनरका चार सन्तान, सत्र नाति नातिना एवम् एघार पनाति पनातिना छन् ।

विलियम डव्ल्यु ग्रासम

डेटन किसी

डेटन किसी एविलेन क्रिश्चियन विश्वविद्यालयका विद्यार्थि हुन् । भाषा तथा परामर्श विषयको पनि अध्ययन गर्दै उनले ईन्डियानाको ईन्डियानापोलिसमा अवस्थित वट्लर विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हाँसिल गरे । ईन्डियाना,लुजियाना,टेक्सास् र वक्लाहमामा उनले पुर्णकालिन उपदेशकको रुपमा तथा नाईजेरीया, युक्रेन तथा अफ्रिकामा वाईवल तालिम स्कुल संचालन गरी सेवा पुराएका छन् । उनका शिक्षण तथा मिसन कार्यले उनलाई क्यानाडा, युक्रेन, भारत, दक्षिण अफ्रिका, ट्रिनिडाड् र रुस सम्म पुराएको छ । टेक्सस्को ल्युवोकमा अवस्थित सनसेट स्कुल नामक संस्था (अहिले सनसेट ईन्टरनेशनल बाईवल ईन्स्टीच्युट) मा पनि उनले उपदेश प्रशिक्षकको रूपमा २१ वर्ष सेवा दिएका छन् । त्यस समयावधिमा उनले कम्तिमा ३५ राज्यमा गोस्पेल बैठक, नेतृत्व कार्यशाला, क्रिश्चियन घर सेमिनार र शिक्षक तालिम कोर्सहरुको संचालन गरे । किसिजका दाजुभाईले कक्षा शिक्षकका रुपमा सनसेट स्याटलाईट स्कुल कार्यक्रमलाई विस्तृत गर्न पनि उतिकै योगदान गरे जसले क्रिश्चियन घर तथा जेरिमीहका कोर्सहरु रेकर्ड गरी प्रयोगमा ल्याएका छन् । लेखकका रुपमा उनले रेस्टोरेसन रिभाइभलः द वे टु गड, हिव्रुः अ हेवन्लि होमिली, अ रिइभाल्युएसन अफ द एल्डरसिप, शिक्षक तालिम औजारहरु, अ क्रोनोलोजिकल सर्भे अफ द ओल्ड टेस्टामेन्टद चर्चेज अफ क्राईष्ट ड्युरिं द सिभिल वार नामक पुस्तकहरु प्रकाशन गरेका छन् ।

हवाईकी डिता सिमीअना, अलास्काका टन्जा र टेक्सस्का डरेन गरी उनी र उनको श्रीमती रुथका तीन हुर्र्किएका सन्तान छन् ।

डेटन किसी

ज्याक म्याकिन्‍ने

“जोन (ज्याक) टि. म्याककिन्‍नी (Jack T. McKinney) को जन्‍म सन् १९२७ मा टेक्सस, स्वीनीमा भएको थियो। उच्‍च माध्यमिक तहको अध्ययन समाप्त गरिसकेपछि (१९४४), उहाँले दोस्रो विश्‍वयुद्धको अन्तिम दिनहरूमा संयुक्त राज्यको जलसेनामा सेवा गर्नुभयो। उक्त काजको समाप्तिपछि, ज्याक ज्यूले अबिलेने क्रिष्टियन कलेज अबिलेने, टेक्ससमा जर्मन भाषामा आफ्‍नो स्नातक तहको अध्ययन पूरा गर्नुभयो (१९४९)। उहाँले हेइदरबर्ग विश्वविद्यालयमा जर्मन भाषा र पेरिसमा फ्रेन्च भाषा अध्ययन गर्नुभयो।

संयुक्त राज्यमा फर्केपछि, ज्याक ज्यूले अष्टिन र सान अङ्गेलो, टेक्सासका मण्डली झुण्डहरूसँग काम गर्नुभयो, र टेक्सस विश्वविद्यालयका जर्मन भाषाका शिक्षक हुनुहुन्थ्यो। उहाँले पछि एबिलेने क्रिष्टियन कलेजमा फ्रेन्च र जर्मन दुवै भाषा सिकाउनुभयो (१९५२-१९५५)। उहाँले जर्मनीको फ्र्याङ्कफर्ट र चेम्निज, र स्विट्जरल्यान्डको जुरिखमा मिसन कार्य संचालन गर्नुभयो। ज्याक ज्यू अबिलेने क्रिष्टियन कलेजमा फर्कनुभयो, र उहाँले त्यहाँ ग्रीक भाषामा माष्टर डिग्री पूरा गर्नुभयो (१९६६)। त्यो अवधिमा, उहाँले ट्रेन्ट, टेक्सस चर्च अफ क्राइष्टमा प्रचार गर्नुहुन्थ्यो। उहाँ सपरिवार मिसन कार्यको लागि जुरिखमा फर्कनुभयो (१९६६-१९७४)। त्यो अवधिको अन्त्यतिर, ज्याक ज्यूले हेइदरबर्गको पेपरडाइन विश्वविद्यालयमा बाइबल प्राध्यापकको रूपमा काम गर्नुभयो। त्यस पछिको लगभग बीस वर्षजति, ज्याक ज्यूले सर्की, आर्कन्ससको हार्डिङ युनिभर्सिटिमा बाइबल र बाइबलीय भाषाहरूको अध्यापन गराउनुभयो (१९७४-१९९२)। ८६ वर्षको उमेरमा उहाँ २०१४ मा प्रभुमा सुत्नुभयो।

ज्याक र उहाँकी श्रीमती जोअन्‍ने विल्किन्सनका चार जना छोराछोरी, आठ जना नातानातिना, र छ जना पनाति-पनातिनीहरू छन्।”

ज्याक म्याकिन्‍ने

जे लकहार्ट

पश्चिमी भर्जिनीयाका जे लकहार्ट बाईवल विषयमा स्नातक डिग्री हाँसिल गर्न फ्रीड विश्वविद्यालय र लिपस्कम्व विश्वविद्यालयमा भर्ना भएका थिए । उनले हार्डिङ्ग स्कुल अफ रिलिजियनबाट नयाँ करारमा एकाग्रगता विषयमा स्नातकोत्तरको उपाधी हाँसिल गरे । ट्रिनीटी धार्मिक सेमिनरीबाट उनले चर्च प्रशासनको एड्भान्स अध्ययन पुरा गरे । टेलर र टेक्सस्मा पल्पीट मन्त्रिकारुपमा पनि उनले सेवा दिएका छन् र अहिले उनी केन्टकीको वेन्टनमा यो सेवा प्रदान गर्दछन् । उनले विभिन्न रेडियो र  टेलिभिजनमा विविध कार्यक्रम संचालन तथा विविध क्रिश्चियन प्रकाशन गरेका छन् । सन् १९९७ देखि फ्रीड हार्डम विश्वविद्यालयमा बोर्ड अफ ट्रस्टिज्का रुपमा सेवा दिएका छन् । लकहार्ट र उनकी पत्नि एर्लिनका तीन छोरा छोरी र ६ नाती नातिना छन् ।
जे लकहार्ट

बु्रस म्याक्लर्टि

बु्रस म्याक्लर्टि हार्डिंग विश्वविद्यालयका अध्यक्ष हुन् । उनले हार्डिंग विश्वविद्यालयबाट बाइबलमा स्नातक तथा हार्डिंग विश्वविद्यालयको ग्राजुएट स्कुल अफ रिलिजन बाट धर्मशास्त्रमा स्नातकोत्तर सम्म अध्ययन गरेका छन् । ओहाइओमा अवस्थित आस्ल्याण्ड थियोलाजिकल सेमिनरीले उनलाई डि मिन डिग्रीको उपाधी प्रदान ग¥यो । सन् १९९९ मा उनलाई हार्डिंको बाइलवल अध्ययनमा उच्चकोटिको आलम्नस्को नाम दिईयो । म्याक्लर्टिले अर्थ मन्त्रालयमा यस श्रृंखलाको अनुभवको चिनारी गराए। उनले आर्कन्सास्, मिसीसिपी र टेनिजीका चर्चहरुमा उपदेश दिएका छन् । केन्यामा अवस्थित मेरुमा २ वर्ष सम्म उनी र उनका परिवारले मिसनरिजकारुपमा पनि काम गरे । सन् १९९१ देखि २००५ सम्म उनले आर्कन्सानको कलेज चर्च अफ क्राइष्टमा पल्पीट मन्त्रिको रुपमा काम गरे । उनी तथा उनकी पत्नि आनका च्यारीटी र जेसीका नामका दुई छोरी छन् ।
Bruce McLarty

एड्वार्ड पी. मायर्स

एड्वार्ड पी. मायर्स आर्कान्सास्को सर्सिमा अवस्थित हार्डिंग विश्व विद्यालयका बाइबल तथा क्रिश्चियन सिद्धान्तका प्रोफेसर हुन् । टेक्सस्, वक्लहामा, ओहायो, पश्चिम भर्जिनीया,टेनीजी र आर्कान्सस्का मण्डलीहरुमा उनले मिनिस्टरको रूपमा काम गरीसकेका छन् । उनले लुथर राइस सेमिनरीबाट मिन् को उपाधी तथा डु विश्व विद्यालयबाट विद्यावरिधी हाँसिल गरेका छन् । उनले दूतको अध्ययन, पीडा र दुष्ट एवम् यी घटना पछि मैले जे देखें; रहस्योद्घाटनको अध्ययन नामक पुस्तक प्रकाशन पनि गरेका छन् । उनी र उनकी पत्नि जानिसका क्यान्डी, क्रिष्टि र क्यारोलिन नामक तीन छोरीहरू छन् ।
एड्वार्ड पी. मायर्स

अवेन डी. अल्व्रिक्ट

अवेन डी. अल्ब्रिक्ट मिसरीको थयरमा जन्मिएका थिए उनले हार्डिंगग विश्वविद्यालयबाट भाषणमा स्नातक सम्मको अध्ययन गरे । सोही विश्वविद्यालयबाट उनले धर्मशास्त्र अध्ययनमा एम ए र एम आर ई डिग्री हाँसील गरे । सन् १९८० मा हार्डिंग विश्वविद्यालयले उनलाई बाईवल अध्ययनमा उत्कृष्ट पूर्व छात्र पुरस्कारले सम्मान गर्यो । उनले मन्त्रालयमा आफ्नो जीबन नै बिताएका छन् । उनले आर्कसंस, मिसरी र नयाँ जर्सीमा स्थानीय चर्चका मन्त्रालयमा काम गरेका छन् । सन् १९६४ मा उनले अमेरीकामा उत्तरपुर्वी/दक्षिणपूर्वी अभियानको सुरुवात गरे । उक्त प्रयासले तीन सय भन्दा वढि अभियान तथा तीन हजार बढी वत्तिस्माको योगदान गर्यो । उनले जम्मा गरेर ईंग्ल्याण्ड, युक्रेन,रूस, क्यानेडा, मेक्सिको, हेटी, जमाइका,भेनेज्युवेला र अमेरिकाकै तीस राज्यमा इभान्जेलिक प्रयासको नेतृत्व लिए ।
अवेन डी. अल्व्रिक्ट

मार्टल पेस

मार्टल पेस अर्कान्सस्मा जन्मिएर मिचिगनको फ्लिन्टमा हुर्किएका थिए । मार्टल पेस अर्कान्सस्मा जन्मिएर मिचिगनको फ्लिन्टमा हुर्किएका थिए । उनले आफ्नो पहिलो उपदेश सत्र वर्षको उमेरमा सन् १९५२ मा दिए । उनको पचास वर्ष भन्दामाथिको उपदेश अनुभव अर्कसस्,मिचिगन,मिसरी र अलवामामा अवस्थित मण्डलीहरूमा प्रयोग गरे । उनी अहिले अलवामामा अवस्थित मन्टेगामीको येशु चर्च विश्वविद्यालयमा ईन्भल्भ्मेन्ट मिनिस्टरका रूपमा कार्यरत छन् । अलावामाकै फल्कनर विश्वविद्यालयको व्लाक कलेजमा उनी पार्टटाइम रूपमा बाइबल अध्ययनको अध्यापन गर्छन् । उनले टेनिजीको फ्रीड हर्डमन विश्वविद्यालय, सर्सीको हाडिं विश्वविद्यालय, मेम्फिसको धर्मशास्त्र स्कुल तथा धार्मिक विश्वविद्यालय (जसलाई पहिला दक्षिणी क्रिश्चियन विश्वविद्यालय भनिन्थ्यो ) मा अध्ययन गरेका थिए । उनीसँग विए, एमए र एम् डिभ् जस्ता डिग्री छन् । उनी तेस्रो पुनर्जन्म नामक पुस्तकका लेखक पनि हुन् । मार्टेल र उनकी पत्नी डोरीस्का तीन छोराछोरी तथा नौ नाती नातिना छन् ।
मार्टल पेस

डेनी पेट्रिलो

डेनी पेट्रिलो डेन्भरको वियर भ्याली बाईवल ईन्स्टिच्यूटका अध्यक्ष हुन् । डेनी पेट्रिलो डेन्भरको वियर भ्याली बाईवल ईन्स्टिच्यूटका अध्यक्ष हुन् । उनी त्यहाँ कै विद्यार्थी पनि हुन् । उनले योर्क कलेज,हार्डिंग विश्व विद्यालय र धर्मशास्त्र हाडिं ग्राज्युएड स्कुलमा पनि अध्ययन गरे जहाँ उनले एए,विए र एम ए डिग्री हाँसील गरे । उनले नेब्रास्का विश्वविद्यालयबाट धार्मिक शिक्षामा विद्यावारीधि पनि लिए । उनले आफ्नो सम्पूर्ण जीवन उपदेश र शिक्षाका लागि अर्पण गरे । उनले मिसिसिपीमा पूर्णकालिन अध्यापन गरे र अमेरिका तथा जर्मनी, स्पेन, पानामा, अर्जेन्टीना,अफ्रिका र युक्रेन जस्ता विभिन्न विदेशी मुलुकमा ३०० भन्दा बढी गोस्पेल भेला, सेमिनार संचालन गरे । उनले मंगोलियाको बाइवल कलेज, योर्क कलेज र डेन्भरको वियर भ्याली बाईवल ईन्स्टिच्यूटमा  अध्यापन पनि गरे । उनका कृतिहरुमा एजेकियल, १,२, टिमोथी र तितुस एवम् माइनर प्रोफेट अध्ययन निर्देशिकाका समीक्षाहरू पर्छन् ।

उनी र उनकी पत्नि क्याथीका ल्यान्स,ब्रेट र लरा नामका तीन सन्तान छन् ।

Denny Petrillo

नील टी. प्राइओर

स्वर्गीय नील टी. प्राइओर न्यु ओर्लियन्स ब्याप्टिस्ट सेमिनारीबाट विद्यावारिधि हुन् । हार्डिङ विश्वविद्यालयमा ४५ वर्षसम्म बाइबल प्राध्यापन गरेर उम्दा क्षमता प्रदर्शन गरेका थिए । त्यहाँ सेवारत रहँदा उनले बाइबल विभागको अध्यक्ष र एकेडेमिक अफेयर्सतर्फ उपाध्यक्षका रुपमा काम गरेका गरे । उनले यु क्यान ट्रस्ट योर बाइबल पुस्तक पनि लेखेका छन् । उनले अमेरिका भरका ४० राज्यमा ५ हजारभन्दा बढी सुसमाचारका बैठकलाई सम्बोधन गरेका छन् । सियर्सीको कलेज चर्च अफ क्राइस्टका उनी वरिष्ठतम सदस्य थिए । उनी र उनकी श्रीमती ट्रेभाले ४१ वर्ष वैवाहिक जीवनको सुखभोग गरे । दुवैका एलेन (देहान्त भइसकेको) र लोरी गरी दुई सन्तान छन् ।
नील टी. प्राइओर

डेभिड आर. रेच्टिन

डेभिड आर. रेच्टिन विगत ४५ वर्षदेखि धार्मिक सभामा बोल्दै आइरहेका छन् र विगत ३० वर्षदेखि टेक्सास राज्यस्थित डन्कनभिलको क्लार्क रोडमा धार्मिकसभामा सेवा गर्दै आइरहेका छन् । पहिले यस सभालाई सेनर एभेन्यु चर्च अफ क्राइस्टका रूपमा चिनिन्थ्यो । उनले अबाइलिन क्रिश्चियन विश्वविद्यालयबाट बाइबल अध्ययनमा एमए (मानविकीतर्फ स्नातकोत्तर) गरेका छन् । उनले विशेषतः “परमेश्वरको इच्छामा कसरी सशक्त हुने” र “परमेश्वरसँग कसरी सम्बन्धमा रहने” विषयमा व्याख्यान दिने गरेका छन् । उनी र उनकी श्रीमती स्यारोनका दुई छोरा जेम्स र ड्यानियल छन् ।
डेभिड आर. रेच्टिन

कोय डी. रोपर

डा. कोय डी. रोपर ओक्लाहामाको डिल सिटीमा जन्मिएका हुन् । उनले सुसमाचारदाता, शिक्षक र लेखकका रुपमा पूरै जीवन बिताएका छन् । एबाइलिन क्रिश्चियन विश्वविद्यालय (१९५८) मा बाइबलमा बी.एस. उपाधि पाएपछि नर्थइस्टर्न स्टेट विश्वविद्यालय (१९६६) मा एम.टी. हासिल गरे । त्यसपछि रोपरले अबाइलिन क्रिश्चियन विश्वविद्यालयबाट बाइबल र मिसनमै एम.एस. गरी ओल्ड टेस्टामेन्ट कन्सन्ट्रेसन (१९८८०) विषयमा मिचिगन विश्वविद्यालयको डिपार्टमेन्ट अफ नियर इस्टर्न स्टडिजबाट पीएचडी हासिल गरे । रोपरले हेरिटेज क्रिश्चियन विश्वविद्यालयमा ग्रिसेली इतिहास (२००७) मा स्नातकोत्तर हासिल गरे । रोपरले सन् १९५५ देखि टेक्सासको चार्लीस्थित चर्चमा धार्मिक व्याख्यान दिन थालेका थिए । उनले त्यसपछि ओक्लाहामा, टेनेसी, मिचिगनजस्ता राज्य र क्यानडा र अस्ट्रेलियाजस्ता देशमा समेत व्याख्यान दिएका छन् । यसका अतिरिक्त उनले वेस्टर्न क्रिश्चियन कलेज, माक्वेरी स्कुल अफ प्रिचिङ (नर्थ राइड, अस्ट्रेलिया), मिचिगन क्रिश्चियन कलेज, लिप्सकम्प विश्वविद्यालय र हेरिटेज क्रिश्चियन विश्वविद्यालयमा पनि पढाएका छन् । उनले सन् २००० देखि २००५ सम्म हेरिटेज क्रिश्चियन कलेजमा निर्देशकका रुपमा सेवा गरे । अहिले उनी ट्रेन्ट चर्च अफ क्राइस्ट (ट्रेन्ट, टेक्सास) मा व्याख्यान दिने गर्दछन् भने अर्कान्सास राज्यको सियर्सीथित ट्रुथ फर टुडेका लागि लेखन कार्य गर्दछन् । कोयकी एक पत्नी सार्लोट, ३ सन्तान र १० नातिनातिना छन् ।
कोय डी. रोपर

डेभिड एल. रोपर

डेभिड एल. रोपर अमेरिकाको ओक्लाहामा राज्यमा जन्मिए र ताते गर्दै उभिए । उनले एबाइलिन क्रिश्चियन विश्वविद्यालयमा अध्ययन गरे र त्यहीँबाट बाइबलमा बीएस र एमएस डिग्री हासिल गरे । रोपरले १८ वर्षकै उमेरदेखि धार्मिक सभालाई सम्बोधन गर्न थालेका थिए भने उनले पूर्णकालीन वक्ताका रुपमा ओक्लाहोमा, टेक्सास र अर्कान्सास राज्यमा काम गरे । उनले संसारका अन्य मुलुकहरु बेलायत, स्कटल्यान्ड, इटाली, टर्की, जापान र रोमानिया पनि सुसमाचार बाँड्न भ्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित मिसिनरिजमा रोपर र उनको परिवारले काम गर्दा उनले त्यहाँ पनि सुसमाचार बाँड्ने कार्य गरे भने मक्वारी स्कुल अफ प्रिचिङमा पनि उनले आफ्नो क्षमता देखाए । रोपरले कैयौँ पुस्तक, पुस्तिका र साना पर्चा लेखेका छन् । उनका लेखनीमध्ये द डे क्राइस्ट केम (अगेन), प्राक्टिकल क्रिश्चियानिटीः स्टडिज इन द बुक अफ जेम्स, गेटिङ सिरियस अबाउट लभएन्ड थ्रु द बाइबल बढी परिचित छन् । उनले क्रिश्चियन टिभी र रेडियोमा पनि कार्यक्रम सञ्चालन गरेका छन् । रोपरले अर्कान्सास स्थित सर्सीमा रहेको ट्रुथ फर टुडेका लागि सहायक सम्पादकका रुपमा पनि सेवा गरेका छन् ।
डेभिड एल. रोपर

डन साकलफोर्ड

डन साकलफोर्ड सेवा निवृत्त बाइबल प्राध्यापक हुन् । उनले अर्कान्सासस्थित हार्डिङ विश्वविद्यालयमा ३० वर्ष अध्यापन गरे । उनले टेक्सासस्थित लुबोक क्रिश्चियन विश्वविद्यालयको बाइबल विभागको अध्यक्षका रूपमा सेवा गरिसकेका छन् । मसुरीको जोप्लिनका स्थायी बासिन्दा साकलफोर्डले ओक्लाहोमा क्रिश्चियन विश्वविद्यालयमा अध्ययन गरे भने डेभिड लिप्सकम्ब विश्वविद्यालयबाट अन्डरग्राजुएट डिग्री हासिल गरे । उनले न्यु ओर्लियन्स ब्याप्टिस्ट थियोलजिकल सेमिनारीबाट बी.डी. र थि.डी. डिग्री हासिल गरे । साकलफोर्डले ओक्लाहामा, टेनेसी, टेक्सास र लुजियानाजस्ता राज्यमा मिनिस्टरका रूपमा सुसमाचार बाँडेका छन् । उनले एउटा वरिष्ठ सदस्यको हैसियतले सियर्सीस्थित क्लोभरडेल चर्च अफ क्राइस्टमा २५ वर्ष अध्यापन गरे । हार्डिंग विश्वविद्यालयमा छँदा उनले बाइबलका प्राध्यापक र अन्तर्राष्ट्रिय अध्ययनका डिनका रुपमा काम गरे । हाल उनी ट्रुथ फर टुडेमा पुरानो करारको सल्लाहकार छन् । त्यस्तै हार्डिंग विश्वविद्यालयका अतिरिक्त अलाबामाको मोन्टगोमरीस्थित साउदर्न क्रिश्चियन विश्वविद्यालयमा प्राध्यापकका रुपमा कहिलेकाहीँ पुरानो करार पढाउँछन् । उनले अ सर्भे अफ चर्च हिस्ट्री पुस्तक लेखेका छन् भने लुबोक क्रिश्चियन र हार्डिंग विश्वविद्यालयका कैयौं व्याख्यानहरू सम्पादन गरेका छन् । उनका लेखहरु गोस्पल एडभोकेट, रेस्टोरिय क्वाटर्ली, फर्म फाउन्डेसन, पावर फर टुडे र क्रिश्चियन क्रोनिकलजस्ता पत्रपत्रिका तथा अनलाइनहरुमा नियमित रुपमा प्रकाशन हुने गरेका छन् ।

डनको परिवारमा उनकी पत्नी जोयस र ५ सन्तान तथा १५ नातिनातिना छन् ।

डन साकलफोर्ड

डुआन वार्डेन

डा. डुआन वार्डेन अर्कान्सासको फ्रान्कलिनमा जन्मिएर मिचिगन स्थित फ्लिन्टमा हुर्किए । उनी न्यु टेन्टामेन्टको शृंखला सहायक सम्पादकका रूपमा कार्यरत छन् । उनले फ्रीड–हार्डमेन विश्वविद्यालयबाट ए.ए. डिग्री पूरा गरेका छन् भने हार्डिंग विश्वविद्यालयबाट बी.ए. अध्ययन गरेका छन् । यस्तै उनले हार्डिंग विश्वविद्यालयको ग्राजुएट स्कुल अफ रिलिजनबाट एम.ए.आर. र ड्युक विश्वविद्यालयबाट नयाँ करारमा पीएच.डी. उपाधि हासिल गरेका छन् । यसका अतिरिक्त डा. वार्डेनले कोलम्बिया विश्वविद्यालय र अमेरिकन स्कुल अफ क्लासिकल स्टडिज ग्रिसको एथेन्सबाट शास्त्रीय अध्ययनतर्फ पोस्ट–डक्टरल अध्ययन पूरा गरेका छन् । डा. वार्डेनले ओहियो भ्याली विश्वविद्यालयसँगै हार्डिंग विश्वविद्यालयमा बाइबल फ्याकल्टीमा सेवा गरिसकेका छन् । ओहियो भ्याली (१९८६–१९९३) मा उनी बाइबल विभागको अध्यक्ष थिए भने हार्डिंग विश्वविद्यालय सम्बद्ध कलेज अफ बाइबल एन्ड रिलिजनमा (१९९६–२००५) एसोसिएट डिन थिए । यतिबेला उनी एम्रिज विश्वविद्यालयमा नयाँ करारको प्राध्यापकका रुपमा प्राध्यापनरत छन् । प्राध्यापनका अतिरिक्त डा. वार्डेनले मिनिस्ट्रीमा कैयौं सेवा पुर्या एका छन् । उनले वेस्ट भिर्जिनिया, भर्जिनिया र अर्कान्सासमा पूर्णकालीन सुसमाचारदाताका सेवा गरेका छन् भने ओहियो भ्याली र हार्डिंगमा पढाउँदाताका अल्पकालीन सुसमाचारदाताका रुपमा सन्देश बाँडेका छन् । यतिबेला उनी भेल्भेट रिज चर्च अफ क्राइस्टमा सम्बोधन गर्ने गर्दछन् ।

डा. वार्डेनका कैयौं लेख र निबन्धहरु बहुचर्चित पत्रिकाहरूमा प्रकाशित छन् । उनका लेखहरू बाइब्लिकल इन्टरप्रिटेसनः स्टडिज इन अनर अफ ज्याक पी लेविस, क्लासिकल फिलोलजी, रिस्टोरेसन क्वाटर्लीजर्नल फर द इभान्जेलिकल थियोलजीकल सोसाइटीमा प्रकाशित छन् । उनले ट्रुथ फर टुडे, गोस्पल एडभोकेट, फर्म फाउन्डेसनक्रिस्चियन क्रोनिकलमा पनि लेखेका छन् ।

उनको परिवारमा पत्नी जेनेट, छोरा डेभिड एम. वार्डेन र एक जना अपनाइएका छोरा डेभिड ए. मार्टिन छन् ।

डुआन वार्डेन