विद्यालय कसरी सुरु गर्ने

के तपाईं आफ्नो घर, मण्डली वा समुदायमा धर्मशास्त्र माध्यम विद्यालय (TTS) स्थापना गर्न इच्छुक हुनुहुन्छ ? सुरु गर्नका लागि आवश्यक केही विचारहरू यहाँ प्रस्तुत छन् !


मेरो मण्डली वा समुदायमा मैले स्थानीय धर्मशास्त्र माध्यम विद्यालय किन स्थापना गर्नुपर्छ ?

धर्मशास्त्र माध्यम विद्यालय विद्यार्थीलाई उसको÷उनको आफ्नै रफ्तारमा अध्ययन गर्न सक्षम बनाउन डिजाइन गरिएको विद्यालय हो । सामूहिक वातावरणमा सँगै अध्ययन गर्न पाईने भएकाले धेरै मानिसहरूले यसबाट लाभ उठाउन सक्छन् । संगति र मित्रता जस्ता लाभको अलवा विद्यार्थीलाई सामूहिक गतिशीलताले अझ माथि उठ्न प्रोत्साहित पनि गर्दछ जुन कुरा व्यक्तिगत अध्ययनबाट कदापि सम्भव छैन । स्थानीय स्तरमा धर्मशास्त्र माध्यम विद्यालयको स्थापनाले विद्यार्थीलाई मानवीय गुण प्रदान गरी वास्तव मै ठूलो योगदान पुर्याउन सक्छ ।


विद्यालय स्थापना गर्न आवश्यक विविध परिस्थितिहरू के के हुन् ?

  • चर्चका सदस्यहरूले नियमित रूपमा प्रति पाठ्यक्रम ५० दिनमा पुरा बाइबलको अध्यापन गराउन सक्ने क्षमता भएको स्तरीय–गतिको विद्यालय स्थापना गर्नुहोस् । • विस्तृत जानकारीका लागि सेमेष्टर अध्ययन पृष्ठमा हेर्नुहोस् ।
  • पूर्णकालिन विद्यालय स्थापना गर्नुहोस् जहाँ विद्यार्थिहरुले २ वा ३ वर्षको अवधिसम्म पूर्ण समर्पित भएर बाइबलको अध्ययन गर्न सकुन् । यदि विद्यार्थीहरूले प्रत्येक पाठ्यक्रम चौध दिनमा पुरा गर्ने दरमा अघि बढे भने दुई वर्ष र एक चौथाइको समयावधिमा बाइबलका प्रत्येक पुस्तकको विस्तृत अध्ययन पुरा गर्न सक्छन् । यसका लागि विद्यार्थीहरूमा समर्पण भाव र प्रत्येक विद्यार्थीलाई बस्ने खर्चको आवश्यकता पर्दछ Set up a full-time school where students wholly devote their time to studying the Bible for a period of two to three years. Students can complete a thorough study of every book of the Bible in as little as two and a quarter years if they proceed at the rate of 14 days per course. This will require dedication on the part of the student, and support for each student’s living expenses may be necessary.
  • आवश्यकताको आधारमा पाठ्यक्रम निर्माण गर्नुहोस् । के सदस्यले बाइबल हेब्रुमा अध्यापन गर्ने तयारी गर्दैनन् ? उनलाई हाम्रो हिवु्र कक्षामा सामेल गराउनुहोस् र कक्षा पुरा गर्न तथा अझ गहिरो अध्ययनका लागि उनका कक्षाका अन्य सदस्यहरूलाई साइन अप गर्न डाक्नुहोस् । के मण्डलीमा नयाँ नेताहरूको छनौट हुन गइरहेको छ ? १ र २ टिमोथि र तीतसका पाठ्यक्रम लिन सदस्यहरुलाई सुझाउनुहोस् । के तपाईं नव इसाईहरुमा जीवन भरी बाइबल अध्ययन गर्ने बानीको विकास गर्न चाहनुहुन्छ ? यदि त्यस्तो हो भने, हाम्रा येशुको जीवन तथा कार्यहरू नामक पाठ्यक्रम सुरु गर्न लायक पाठ्यक्रम छ ।
  • बाइबल अध्ययनको गहिराइ चाहने महिलाको कक्षाहरूमा यसको प्रयोग गर्नुहोस् ।
  • गर्मी याम वा सायद कम प्रतिस्पर्धात्मक समय वा निश्चित ग्रेड उत्तीर्ण हुन आवश्यक उत्प्रेरणाको रूपमा उच्च विद्यालयहरूमा यसको प्रयोग गर्नुहोस् । यो उमेर समूहका विद्यार्थीहरूका लागि हामी गोस्पेल वा कार्यहरू नामक पाठ्यक्रम गर्न सल्लाह दिन्छौं ।
  • विवाहिता जोडि र ठूला बालबच्चा भएका परिवारले एकैसाथ कक्षा लिन सक्नेछन्, उनीहरू अध्ययन र छलफलका लागि बारम्बार एकसाथ आउन सक्छन् ।
  • स्थानीय एभान्जेलिज्मको सम्पर्क विन्दुको रूपमा यसलाई प्रयोग गर्नुहोस् । सुरु सुरुमा व्यक्तिगत रूपमा बाइबलको अध्ययन गर्न इच्छा नभएका वा विशेष पूजा सेवाका मानिसहरू कहिलेकाहीँ अध्ययन समूहको हिस्सा हुन पाउँदा खुसी हुन्छन् । यसरी उनीहरूले पाठ्यक्रममा पढाइका कुराहरू सिक्नेछन् वा बैठकका छलफलमा भाग लिनेछन् र एक अर्कासँगको सम्बन्ध विकास गर्नेछन् जसले अध्ययनलाई अघि बढाउन सहयोग गर्दछ । बाइबलको गहिरो अध्ययन गर्न इच्छुक समुदायका मानिसहरू पत्ता लगाउनुहोस् । निश्चित चर्चको भवनमा आउन डराउने मानिसहरूलाई सार्वजनिक ठाउँहरू जस्ता “तटस्थ” स्थानमा बैठक गर्नुहोस् ।
  • मिसनको क्षेत्रमा यस्ता पाठ्यक्रमहरूको अत्यन्त राम्रो प्रयोग गर्न सकिन्छ । धार्मिक तालिमहरू प्राय छरिएका वा कतिपय स्थानहरूमा उपलब्ध हुँदैनन् तर यो कार्यक्रम २३ भाषामा विश्वभर उपलब्ध छ । हाम्रा पाठ्यक्रमहरूले प्रदान गर्ने बाइबलको गहिरो अध्ययनले कलिला मण्डलीहरू विशेष लाभान्वित हुन्छन् । स्थानीय तहमा विद्यालयको स्थापना गर्नाले उनीहरुलाई राम्रो पठन बानीको विकास गर्न प्रेरणा मिल्छ । तपाईंहरूले समर्थन गर्ने मिसीनरिजमा यो कार्यक्रमको बारेमा जानकारी दिन निश्चिन्त हुनुहोस् ।
  • अन्य कार्यक्रममा पाठ्यक्रमको पूरकका रूपमा पनि हाम्रा पाठ्यक्रमहरूको प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि, विदेशमा आयोजना गरिने उपदेश मूलक तालिम कार्यक्रममा उनीहरूका विद्यार्थीहरूले सिकाइको पूर्ण अनुभवका लागि हाम्रा निश्चित पाठ्यक्रमहरू लिन आवश्यक पर्दछ ।

म कसरी सुरुवात गरौं ?

समूहको “डीनको” रुपमा सेवा पुर्याउने एकजना संगठित, उत्प्रेरक र धर्मग्रन्थ माध्यम विद्यालयको बाइबल अध्ययनमा इच्छुक व्यक्ति (सम्भावित रूपमा तपाईं आफै) खोजी गर्नुहोस् । डीनका तपसिलका चार कार्यहरू हुन्छन्:

  1. समूहमा आउने मानिसहरूको भर्ना गर्ने ।
  2. समूह बैठकको आयोजना गर्ने ।
  3. कामलाई निरन्तरता दिन समूहलाई प्रोत्साहन गर्ने ।
  4. कम्प्युटर चलाउन, ThroughTheScriptures.com को खाता खोल्न वा अनलाइन काम गर्न जस्ता कुरामा आवश्यकता अनुसार समूहका सदस्यहरूलाई सहयोग गर्ने ।

समूहमा आउन इच्छुक मानिसहरू म कसरी भेट्न सक्छु ?

सबै तिर खबर गर्नुहोस् । सभामा उद्घोष गर्नुहोस् र चर्चका बुलेटिनहरूमा सूचना दिनुहोस् । चर्चका वेबसाइटमा तथा पावर पोइन्ट प्रयोग गरी सूचना दिनुहोस् । सहभागी हुन इच्छुक मानिसहरूलाई व्यक्तिगत रूपमा भेटेर कुरा गर्नु सबै भन्दा प्रभावकारी हुन्छ ।

अन्य मण्डलीको पनि भ्रमण गर्नुहोस् । संभव भए प्रत्येक मण्डलीमा गएर तपाईंलाई यस कार्यक्रमका बारेमा उसका मण्डलीका मानिसहरूलाई जानकारी गराउन इच्छुक व्यक्तिको खोजी गर्नुहोस् । तपाईंले चर्च भन्दा बाहिरका मानिसहरूलाई पनि आमन्त्रण गर्न सक्नु हुनेछ । ईश्वरका चर्चका सदस्य नभएका कतिपय मानिसहरू पनि बाइबल अध्ययन गर्न इच्छुक हुन्छन् । उनीहरूलाई तपाईंसँग बाइबलको अध्ययन गर्ने यो एउटा सुनौलो अवसर हुन सक्छ ।

विशेषतः बाइबल अध्ययनमा इच्छुक चर्चको एक वृद्ध मानिसको खोजी गर्नुहोस् । उहाँलाई एउटा पाठ्यक्रममा सहभागी गराउनुहोस् । उहाँले उक्त पाठ्यक्रम पुरा गर्नुभयो भने विद्यालय स्थापनामा उहाँ संभवत तपाईंको ठूलो सहयोगी बन्नुहुनेछ ।

पहिलो पाठ्यक्रमका लागि मण्डलीले आफ्ना केही वा सबै इच्छुक सदस्यहरूको शुल्क तिर्न चाहन सक्छ । यसो गर्दा आर्थिक रूपमा पिछडिएका त्यस्ता व्यक्तिहरूको समस्या हल हुन्छ । मण्डलीले निश्चित ग्रेड हासिल गर्ने त्यस्ता सदस्यहरूलाई अन्य पाठ्यक्रममा पनि आर्थिक सहायता गर्न सक्छ । यसले बाइबल अध्ययनको कडा मेहनतलाई निरन्तरता दिन प्रोत्साहन गर्दछ ।


इच्छुक मानिसहरू भेटिसकेपछि हामीले के गर्ने ?

मानिसहरू टिटिएसको कुन पाठ्यक्रम गर्न चाहन्छन्, निर्क्योल गर्नुहोस् र पाठ्यक्रमको सुरुवात कुन दिन गर्ने हो तोक्नुहोस् । यसो गर्दा तपाईंले सँगै अध्ययन गर्ने अवसर पाउनु हुनेछ । साइन अप कसरी गर्ने भनी स्पष्ट पार्नुहोस् तथा कसैलाई गाह्रो भए सहयोग गर्नुहोस् ।

साप्ताहिक बैठकको प्रबन्ध मिलाउनुहोस् । केही समूहहरू चर्चमा हुने पूजा सेवाको एक घण्टा अघि भेट्न रुचाउँछन् । कोही सप्ताहन्तको राति रुचाउँछन् भने कोहीको आफ्नै रोजाइको समय हुन सक्छ । सहभागीहरूको सबै भन्दा मिल्ने समय पत्ता लगाउनुहोस् । बैठक स्थानका लागि पनि यही तरिका लागू हुन्छः कोही चर्च भवनमा भेट्न चाहन्छन् त कोही सदस्यका घरमा वा अन्य कुनै स्थानमा भेट्न चाहन्छन् ।


साप्ताहिक बैठकमा हामी के गर्छौं ?

सहभागीहरूलाई पाठ्यक्रम अध्ययन गर्न प्रोत्साहन गर्न सहयोग गर्नु यो बैठकको मुख्य उद्देश्य हो । परीक्षा तयारीका अध्ययन निर्देशिकाको बारेमा छलफल गर्नुहोस्, सिक्न गाह्रो भएको शीर्षक एक अर्कामा बुझाउन सहयोग गर्नुहोस् ।

कतिपय समूहहरू यो समयलाई पाठ्यक्रममा हप्ताभरि अध्ययन गरेका समर्पणका सन्देश साथसाथ समाहित गर्न प्रयोग गर्छन् । प्रत्येक हप्ता फरक मानिसले पालैपालो समर्पणका सन्देश प्रस्तुत गर्न सक्छन् । प्रत्येक हप्ता पालै पालो गरि वेग्ला वेग्लै व्यक्तिले समर्पणका सन्देशहरू प्रस्तुत गर्न सक्छन् ।

संगठन विस्तार तथा मित्रता साप्ताहिक बैठकको एउटा मुख्य उद्देश्य हो । तसर्थ तपाईंले पाठ्यक्रमको समाप्ति पछि कफी पिउने, खाजा खाने वा खाना खाने जस्ता क्रियाकलापहरू पनि कहिलेकाहीँ समावेश गर्न सक्नुहुन्छ । तर यस्ता कृयाकलापहरुले तपाईंको बैठकको मुख्य उद्देश्य छायामा पर्न नदिन वा ड्रप आउट हुन माग गर्ने व्यक्तिहरूसँग सतर्क हुनुहोस् ।


माथिका विचारहरू केवल सुझाव मात्र हुन् । तपाईंले आफ्नो आवश्यकता अनुरूप विद्यालय स्थापना गर्दा हामी मुख्य सामाग्री प्रदान गर्छौं । यो कार्यक्रमको सुन्दरता पनि हो ।

के हामीले दिएका सल्लाह वा तपाईंका आफ्नै कामले विशेष काम गर्न सफल भए ? हामी उक्त कुरा सुन्न आतुर छौं ! कृपया हामीलाई पृष्ठपोषण पृष्ठ मार्फत खवर गर्नुहोस् ।