नमुना पाठ्यक्रम सामग्री

ne-Overview-Cutoff

क्रमबद्ध चरणको संगठन

तपाईलाई अर्को पटक के गर्ने भनेर थाहा होस् भनेर प्रत्येक पाठ्यक्रमलाई सङ्गठित गरिएको छ । सिंहावलोकन बक्स पाठ्यक्रम भित्र रहेको हरेक पृष्ठमा देखिन्छ । यसले गर्दा तपाईले एकै झलकमा आफ्नो प्रगतीको बारेमा थाहा पाउन सक्नुहुन्छ । पाठ्यक्रममा भर्ना भएको अवस्थामा तपाईं फेरी अगिल्लो चरणमा जान सक्नु हुन्छ ।

 

डाउनलोड गर्न मिल्ने अध्ययन पाठ

परमेश्वरले लिखित शब्धहरू हामीसँग बोल्नलाई रोज्नु भए जस्तै थ्रु द स्क्रप्चर्सको हृदय पढाईमा आधारित विध्यालय हो । प्रत्येक पाठ्यक्रमले ट्रुथ फर टुडेको समीक्षा श्रृंखलाको एउटा खण्डलाई अनुसरण गर्दछ । डिजिटल रूपमा प्रदान गरिने प्रत्येक खण्डले तपाईको लागि “पाठ्यक्रम पाठ” को काम गर्नेछ र तपाईले पाठ्यक्रम पूरा भए पछि यसलाई आफै राख्न सक्नुहुन्छ ! पहिलो पाठ्यक्रमक, ख्रीष्‍टको जीवन, १ बाट एउटा छोटो नमुना पाठ डाउनलोड गर्न तल थिच्नुहोस् ।

नमुना अध्ययन पाठ डाउनलोड गर्नुहोस्

 

अध्ययन गाइड

अध्ययन पाठ पाँच पढाइ खण्डहरूमा विभाजित हुनेछ र प्रत्येक खण्ड सकिए पछि एउटा परीक्षा लिइनेछ । तपाईंलाई परीक्षाको तयारीमा सहयोग गर्न प्रत्येक पढाइ खण्डमा तपाईले जान्नु पर्ने प्रमुख शब्दावली र अवधारणाहरु पहिचान गर्ने अध्ययन गाइड हुनेछ । ख्रीष्‍टको जीवन, १ बाट पहिलो अध्ययन गाईड डाउनलोड गर्न तल थिच्नुहोस् ।

नमुना अध्ययन गाइड डाउनलोड गर्नुहोस्

 

अध्ययन सहायता

केही पाठ्यक्रमहरू नक्सा र चार्ट जस्ता अतरिक्त डाउनलोडहरूको साथमा आउँछ र तपाईले यिनीहरूलाई आफ्नो पढाइको क्रममा प्रयोग गर्न सक्नुहुन्छ । ख्रीष्‍टको जीवन, १ बाट अध्ययन सहायता डाउनलोड गर्न तल थिच्नुहोस् ।

नमुना अध्ययन सहायता डाउनलोड गर्नुहोस्

 

परीक्षा

पाँचवटा खण्ड परीक्षा र एउटा वृस्तित निर्णायक परीक्षा हुनेछ र तपाईले प्रत्येक परीक्षा आफूलाई पायक पर्ने गरि दिन सक्नुहुनेछ । तपाईले तल दिइएको नुमनामा देखे जस्तै एउटा परीक्षामा पचासवटा सम्म प्रश्न हुनेछन । प्रत्येक परीक्षा दिए लगत्तै परीक्षामा अंक दिएर तपाईलाई आफ्नो नतिजा देखाइनेछ ।

ne-Test-Cutoff

 

ख्रीष्‍टको जीवन, १ मा भर्ना हुनुहोस्